संस्कृत साहित्य तथा हिन्दु धर्मका ज्ञाता आचार्य खेमराज केशवशरणको निधन


संस्कृत साहित्य तथा हिन्दु धर्मका ज्ञाता आचार्य खेमराज केशवशरणको निधन भएको छ ।

८० वर्षीय आचार्यको बुधबार राती काठमाडौंमा उपचारका क्रममा निधन भएको हो ।

संस्कृत साहित्य र हिन्दू धर्मको प्रचारप्रसार तथा विकासमा सक्रिय आचार्य गीत तथा भजन रचना, रेडियो कार्यक्रम सञ्चालन, प्रवचन र पुस्तक लेखनका लागि प्रसिद्ध थिए ।

उनले लामो समय रेडियो नेपालमा धार्मिक कार्यक्रम सञ्चालन गरेका थिए । इमेजखबरमा समाचार छ ।