अर्घाखाँचीमा ज्येष्ठ नागरिकको खोप युवा युवतीहरुले लगाएपछि प्रशासनद्धारा कारवाही गर्ने चेतावनी

अर्घाखाँचीमा ज्येष्ठ नागरिकको खोप युवा युवतीहरुले लगाएपछि प्रशासनद्धारा कारवाही गर्ने चेतावनी


अर्घाखाँचीडट्कम संवाददाता

सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लामा लक्षित समूहबाहेकका व्यक्तिलाई खोप लगाइए जिल्ला प्रशासन कार्यालयले कारवाही गर्ने चेतावनी दिएको छ ।


भेरोसेल खोप ६२ देखि ६४ वर्ष उमेर समूहका ज्येष्ठ नागरिकलाई लगाउन शुरु गरिएकामा अन्यले पनि लगाएको गुनासो आएपछि प्रशासन कार्यालयले कारवाही गर्ने चेतावनी दिएको हो । यसबारे जिल्लाका सबै स्थानीय तहलाई खोप लक्षित वर्गका व्यक्तिलाई लगाउन सहयोग गर्न भनिएको छ ।


जिल्ला स्वास्थ्य कार्यालयको खोप केन्द्रमा २०,३०,४० वर्षका युवा युवतीहरुको पनि खोप लगाउन भिड लागेको डट्कममा समाचार आएपछि प्रशासनले उक्त   चेतावनी दिएको हो ।


जिल्ला प्रशासन कार्यालयले जिल्ला स्वास्थ्य कार्यालयलाई लक्षित समूहबाहेक अन्य खोप लगाउने व्यक्ति, खोप केन्द्र र केन्द्रका स्वास्थ्यकर्मीको विवरण प्रशासन कार्यालयमा पठाउन निर्देशन दिने तयारी गरेको स्रोतले बताएको छ । भने  स्वास्थ्य कार्यालयबाट आएको विवरणका आधारमा कारवाही गरिने बताएको छ । 


ज्येष्ठ नागरिकसँगै छुटेका सुरक्षाकर्मी, स्वास्थ्यकर्मी, सरसफाइकर्मी, पत्रकारलाई समेत खोप लगाइने भएपछि गैरलक्षित समूहका व्यक्ति पनि खोप लगाउन पुगेका छन् । गैरलक्षित समूहका व्यक्तिका कारण ज्येष्ठ नागरिक खोप केन्द्रमा खोप लगाउन असहज अवस्था देखिएको छ । लक्षित समूहका व्यक्तिसँगै उनीहरुका आफन्त पनि केन्द्रमा आउँदा समस्या देखिएको स्वास्थ्यकर्मी बताउँछन् । जिल्लाका सबै स्थानीय तहमा ज्येष्ठ नागरिकलाई खोप लगाउन थालिएको छ ।

उता खोप लगाएका व्यक्तिमा संक्रमण हुने कम संभावना र मृत्‍यु नहुने देखिएपछि बच्नलाई खोप लगाउन आएको युवा युवतीहरुले बताएका छन् ।

अर्घाखाँचीमा ३ हजार ३ सय ६० डोज चिनियाँ भेरोसेल कोरोना विरुद्धको खोप आएको थियो । जसमा सन्धिखर्क नगरपालिकामा ७ सय ४५ डोज, शितगंगा नगरपालिमामा ७ सय ३० डोज, भुमिकास्थान नगरपालिकामा ५ सय ७८ डोज, मालारानी गाउँपालिकामा ४ सय ७७ डोज, पाणिनी गाउँपालिकामा ४ सय ६५ डोज र छत्रदेव गाउँपाकिामा ३ सय ७५ डोज खोप आएको थियो ।


उता जिल्लामा हिजो बुधवार ६ स्थानिय तहका खोप केन्द्रमा २ हजार ६ सय ६६ जनाले चिनियाँ भेरोसेल कोरोना विरुद्धको खोप लगाएका थिए ।

अर्घाखाँची जिल्लामा ६ स्थानिय तहका सन्धिखर्क नगरपालिकामा ६६३ जना, भूमिकास्थान नगरपालिकामा ४३२,    शितगंगा नगरपालिकामा ३३८ जना,   मालारानी गाउँपालिकामा ४३५ जना,  पाणिनी गाउँपालिकामा ४२८,    र छत्रदेव गाउँपालिकामा ३७० जना ६२ देखि ६४ उमेर समुहले आज बुधवार चिनियाँ भेरोसेल कोरोना विरुद्धको खोप लगाएका थिए ।


साथै भेरोसेल खोप लगाउन जाँदा नागरिकता वा उमेर खुल्ने कुनै पनि सरकारी कागजात वा वार्ड कार्यालयले दिएको सिफारिस अनिवार्य गरिएको थियो ।


अर्घाखाँचीमा यस अघि भारतबाट आएको कोभिसिल्ड खोप लगाइएको थियो ।

उता अर्घाखाँचीमा हालसम्म १२ हजार ७ सय ५८ जनाले पहिलो खोप लगाएका छन् । भने ३ हजार २ सय ८७ जनाले दोस्रो अन्तिम डोज पनि लगाई सकेका छन् ।


साथै जिल्लामा कोरोना विरुद्धको खोप लगाउने व्यक्तिमा संक्रमणको दर एकदमै कम रहेको देखिएको छ । भने खोप लगाएका कुनै पनि व्यक्तिको अहिलेसम्म निधन भएको छैन् ।

कोरोना संक्रमणको अवस्था हेर्दा जिल्लाका सबै स्थानिय तहमा कोरोना खोप लगाएका व्यक्तिमा संक्रमण दर एकदमै कमी रहेको देखिनुका साथै एक जना पनि मरेको घटना छैन् । यस्तै अन्य कारणले खोप लगाएका व्यक्ति मरेको देखिएको छ ।

अन्य समाचारहरु