अर्घाखाँचीमा आज ४० जना कोरोना जिते, १३ जना संक्रमित थपिए (सम्पूर्ण विवरण सहित)

अर्घाखाँचीमा आज ४० जना कोरोना जिते, १३ जना संक्रमित थपिए (सम्पूर्ण विवरण सहित)


अर्घाखाँचीडट्कम संवाददाता 

सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लामा पछिल्लो २४ घण्टामा थप  १३  जना कोरोना संक्रमित थपिएका छन् ।


जिल्लामा आजसम्म सक्रिय कोरोना संक्रमितको संख्या ३२० जना पुगेको छ । जसमा सन्धिखर्क नगरपालिकामा ११९ जना, भूमिकास्थान नगरपालिकामा ४६,   शितगंगा नगरपालिकामा ६४,    मालारानी गाउँपालिकामा १५,    पाणिनी गाउँपालिकामा ६०   र छत्रदेव गाउँपालिकामा १६ जना संक्रमित रहेका छन् । 

जिल्लामा गत वर्षदेखि आजसम्म संक्रमितको संख्या २३२५  जना पुगेको छ । जसमा सन्धिखर्क नगरपालिकामा १००५  जना, भूमिकास्थान नगरपालिकामा ४४९, शितगंगा नगरपालिकामा २९९,     मालारानी गाउँपालिकामा २०६,    पाणिनी गाउँपालिकामा १५६    र छत्रदेव गाउँपालिकामा २१० जना संक्रमित रहेका छन् ।   

गएको २४ घण्टामा जिल्लाभर ४० जनाले कोरोना जितेका छन् ।  जिल्लामा गत वर्षदेखि आजसम्म  १९४३ जनाले कोरोना जितेका छन् ।  जसमा सन्धिखर्क नगरपालिकामा ८७० जना, भूमिकास्थान नगरपालिकामा ३८८,    शितगंगा नगरपालिकामा २२४, मालारानी गाउँपालिकामा १८१,        पाणिनी गाउँपालिकामा ८९   र छत्रदेव गाउँपालिकामा १९१ जनाले कोरोनालाई जितेका हुन् ।

यस्तै जिल्ला प्रशासन कार्यालयका अनुसार काेराेना संक्रमणका कारण जिल्लामा गतवर्षदेखि हालसम्म ६२ जनाको ज्यान गएको छ ।

शुक्रबारको कोरोना विवरण यस्तो छ:

अन्य समाचारहरु