टोपबहादुर रायमाझी एमालेको सचिव पदमा निर्वाचित | भीमप्रसाद आचार्य र टंकप्रसाद कार्की पराजित

टोपबहादुर रायमाझी एमालेको सचिव पदमा निर्वाचित | भीमप्रसाद आचार्य र टंकप्रसाद कार्की पराजित

काठमाडौं: नेकपा एमालेको दसौं राष्ट्रिय महाधिवेशनबाट ७ जना सचिव निर्वाचित भएका छन्। केपी ओलीले प्रस्ताव गरेका गोकर्ण विष्ट, छविलाल विश्वकर्मा, टोपबहादुर रायमाझी, पद्मा कुमारी अर्याल, योगेश भट्टराई, रघुवीर महासेठ र लेखराज भट्ट निर्वाचित भएका हुन्।

ओलीको प्रस्तावमाथि असन्तुष्टि जनाउँदै भीम प्रसाद आचार्य र टंकप्रसाद कार्कीले सचिव पदमा उम्मेदवारी दिएका थिए। उनीहरु पराजित भएका छन्। 

सचिवमा गोकर्ण बिष्टले १९७६ मत प्राप्त गरि पहिलो र योगेश  भट्टराईले १९६४ मत प्राप्त गरि दोस्रो , पद्मा अर्यालले १८०० मत प्राप्त गरि तेस्रो ,छविलाल  विश्वकर्माले १८०० मत प्राप्त गरि तेस्रो , लेखराज भट्टले १७०४ मत प्राप्त गरि चौथो , टोप बहादुर रायमाझीले १७०० मत प्राप्त गरि पाचौं र रघुवीर महासेठले १५१३ मत प्राप्त गरि छैठौं तहमा  बिजयी भएका छन् ।

अन्य समाचारहरु