काठमाडौंमा आएको एमसीसीकी उपाध्यक्ष फतिमा सुमारसहितको टोली भेटवार्तामा व्यस्त

काठमाडौंमा आएको एमसीसीकी उपाध्यक्ष फतिमा सुमारसहितको टोली भेटवार्तामा व्यस्त

काठमाडौं, भदौं २४ । अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्स कर्पोरेशन (एमसीसी) की उपाध्यक्ष फतिमा सुमारसहितको टोलीले पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी ओलीसँग भेटवार्ता गर्दैछ ।

सुमारसहितको टोली कतार एअरवेजको जहाजबाट बिहीबार बिहान साढे ९ बजे काठमाडौं उत्रिनुएको थियो । टोलीमा एमसीसी उपाध्यक्ष सुमार र सहायक उपाध्यक्ष जोनथन ब्रुक्स हुनुुहन्छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दुबै जना सिधै मेरिएट होटल जानुभएका उहाँहरुले अमेरिकी राजदूत र्‍याण्डी बेरीको कमलादीस्थित निवासमा बिहानको खाना खाएर एमाले अध्यक्ष ओलीलाई भेट्न बालकोट जानु हुनेछ ।

प्रधानमन्त्री देउवासँग भने प्रमुख प्रतिपक्षी दलका नेता एवं पूर्व प्रधानमन्त्री ओलीसँग भेट गरेपछि मात्रै भेट्ने कार्यक्रम रहेको बताइएको छ । टोलीले अरु राजनीतिक दलका शीर्ष नेताहरुसँग पनि भेट गर्ने कार्यक्रम छ ।

आजै उहाँहरूले याक एण्ड यतिमा रहेको मिलेनियम च्यालेञ्ज अकाउण्ट (एमसीए–नेपाल)को निरीक्षण गर्ने कार्यक्रम पनि छ ।

एमसिसी परियोजनाबारे नेपालमा चर्को विरोध भइरहेका बेला सुमारसहितको टोली नेपाल भ्रमण आएको हो । टोलीले एमसीसी परियोजनाबारे उठेका प्रश्नहरुको उच्च राजनीतिक तहमा प्रष्ट्याउने प्रयास गर्नेछन् ।

गत वर्ष असार १६ गतेभित्र संसदबाट पारित भइसक्नुपर्ने एमसिसी अझै पारित हुन सकेको छैन भने एमसीसी पारित गर्ने उद्देश्यसहितका लागि बुधबारबाट संसद बैठक पनि बोलाइएको छ ।

अमेरिकाले पाँच वर्षभित्र जलविद्युत र सडकमा लगानी गर्ने गरी परियोजनामार्फत ५५ अर्ब रुपैयाँ लगानी गर्ने सम्बन्धि सम्झौता भइसके पनि संसदबाट अनुमोदन गराउनुपर्ने शर्तका कारण सम्झौता कार्यान्वयनमा आउन सकेको छैन ।

सुमारसहितका अधिकारीहरु नेपाल आउनुपूर्व एमसीसीले सरकारले सोधेका विभिन्न प्रश्नको उत्तर पठाएको थियो । अमेरिकाले एमसिसी परियोजना कुनै सैन्य गठबन्धन वा सुरक्षा रणनीतिको अंग नभएको तथा नेपालको संविधानभन्दा माथि पनि नरहेको जवाफ पठाएको हो । इमेज च्यानलमा समाचार छ । 

अन्य समाचारहरु