उर्जा मन्त्री टोपबहादुर रायमाझी सैनिक अस्पतालबाट डिस्चार्ज | अब नियमित जनताको सेवामा फर्कने

उर्जा मन्त्री टोपबहादुर रायमाझी सैनिक अस्पतालबाट डिस्चार्ज |  अब नियमित जनताको सेवामा फर्कने


अर्घाखाँचीडट्कम संवाददाता 

काठमाडौँ (अर्घाखाँचीडट्कम) । कोरोना संक्रमणका कारण काठमाडौं स्ठित वीरेन्द्र सैनिक अस्पताल छाउनीमा भर्ना भएका उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री एवं नेकपा एमालेका माेर्चा संगठन ईन्चार्ज टोपबहादुर रायमाझी डिस्चार्ज भएका छन् । 


निजी सचिव नारायण खत्रीले अर्घाखाँचीडट्कमलाई जानकारी गराए अनुसार मन्त्री रायमाझी स्वास्थ्य अवस्था सुधार आएपछि हिजो सोमबार  डिस्चार्ज भएका हुन् । साथै उनको कोरोना रिपोर्ट नेगेटिभ आएको छ ।

योसँगै मन्त्री रायमाझी नियमित जनताको सेवामा फर्कने बताएका छन् ।   

मन्त्री रायमाझीलाई वैशाख १३ गते  सोमबार काठमाडौं स्ठित राष्ट्रिय सरूवा रोग अस्पताल  टेकुमा  परिक्षण गर्दा कोरोना पुष्टि भएको थियो ।

पिसिआर जाँच गर्दा मन्त्री रायमाझीको श्रीमती योगमाया रायमाझी, छोरा सन्दिप रायमाझी, छोरी सन्ध्या रायमाझी, ज्वाइँ बद्री थापा र निजी सचिव नारायण खत्री सहित सात जनालाई पनि कोरोना पुष्टि भएको थियो । उनिहरु सबैको पनि कोरोना रिपोर्ट भने नेगेटिभ आएको छ । 

यस्तै वैशाख १३ गते मन्त्री रायमाझीका स्वकीय सचिव लिला जिसी र प्रेस संयोजक अर्जुन भुसालको कोरोना रिपोर्ट भने नेगेटिभ आएको थियो ।  

अन्य समाचारहरु