शितगंगा नगरपालिकाले फाल्गुन २९ गतेदेखि चैत्र ३ दिनसम्म प्रथम मेयर कप खेलकुद प्रतियोगिता गर्ने

शितगंगा नगरपालिकाले फाल्गुन २९ गतेदेखि चैत्र ३ दिनसम्म प्रथम मेयर कप खेलकुद प्रतियोगिता गर्ने

विक्रम आचार्य 

ठाडा । अर्घाखाँची जिल्लाको शितगंगा नगरपालिकाले प्रथम मेयर कप खेलकुद प्रतियोगिता सञ्चालन गर्ने भएको छ ।

पछिल्लो समय शितगंगामा केहिमात्रामा खेलकुदको विकास भएपनि खेलाडी र खेलसंग सम्बन्धित सरोकारवालासंग समन्वय नहुँदा खेलको समुचित विकास गर्न नसकिएको भन्दै खेलको आयोजना गरिएको आयोजकले बताएको छ ।

यहि फाल्गुण २९ गतेदेखी शितगंगा वडा नं १२ को रजिया खेलकुद मैदान रजियामा वडा स्तरिय भलिवल तथा दौड खेल सञ्चालन गरिने शितगंगा नगरपालिकाका मेयर सूर्य प्रसाद अधिकारीले रातो प्रेसलाई बताउनु भयो ।

फाल्गुन २९ गतेदेखि ३ दिनसम्म चल्ने खेलमा महिला, पुरुष भलिबल लामो तथा छोटो दुरीको दौड खेल खेलाईने छ मेयर कप खेलमा सहभागी हुन सबै वडाबाट एक समुहले भाग लिन पाउने छन् । खेलाडीको लागि खाजा, नास्ता, खानाको व्यवस्था नगरपालिकाले गरेको खेलकुद विकाश समितिका अध्यक्ष मान बहादुर सिंजापतीले बताउनुभयो । नगरपालिकाबाट विनियोजित बजेट पुरस्कार, खेल सामाग्री लगाएतका शिर्षकहरुमा खर्च गरिने बताउनुभयो ।

प्रथम मेयर कप बन्ने समुहलाई रू. ५० हजार, मेडल, प्रमाणपत्र र कप प्रदान गरिने खेलकुद विकास समिति उपाध्यक्ष चिरन्जिवी वेल्वासेले बताउनु भयो ।

शितगंगामा नगरपालिका आयोजित प्रथम मेयर कप खेलकुद कार्यक्रम सव्य र भव्य रुपमा सम्पन्न गर्नको लागि सम्पुर्ण खेलप्रेमि लगायत आम सबैमा उपस्थितीको लागि आग्रह गरेको आयोजकले जानकारी दिएको छ ।

अन्य समाचारहरु