खाँचीकोटमा १८० जनाले कोरोनाको पहिलो डोज भेरोसिल खोप लगाए, ५० जनाले पाएनन्

खाँचीकोटमा १८० जनाले कोरोनाको पहिलो डोज भेरोसिल खोप लगाए, ५० जनाले पाएनन्


केशव घिमिरे 

सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका वार्ड नं. ७  खाँचीकोटमा १८० जनाले कोरोना बिरुद्दको पहिलो डोज भेरोसिल खोप लगाएका छन् । 


खाँचीकोटको खाँची मैदान स्वास्थ्य चौकीमा हिजो मंगलबार र  फर्ज्याङ्गको को गाँउ घर किल्निकमा आज बुधवार गरी  १८० जनाले कोरोना बिरुद्दको पहिलो डोज भेरोसिल खोप लगाएका हुन् । यस्तै आज पुरुष ५० महिला ६५ जना गरी  ११५ जनाले लगाएका छन् । हिजो खाँची मैदान स्वास्थ्य चौकीमा ६५ जनाले लगाएका थिए । 


साथै खाँचीकोटमा ५५ बर्ष माथिका ५० जनालाई खोप अपुग भएको छ । फर्ज्याङ्गको गाँउ घर किल्निकमा खोप लगाउनेको भिड लागेको थियो । 

अन्य समाचारहरु