अर्घाखाँचीमा वर्षाका कारण जनजीवन अस्तव्यस्त | जिल्लाभरका सडकहरु अवरुद्ध

अर्घाखाँचीमा  वर्षाका कारण जनजीवन अस्तव्यस्त | जिल्लाभरका सडकहरु अवरुद्ध


अर्घाखाँचीडट्कम संवाददाता 

सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लामा निरन्तर परेको वर्षाका कारण जनजीवन अस्तव्यस्त भएको छ । 


निरन्तर परेको वर्षाका कारण सन्धिखर्क - गोरुसिङे सडक लगायत जिल्लाभरका सडकहरु अवरुद्ध भएका छन् ।

सन्धिखर्क नगरपालिका, भूमिकास्थान नगरपालिका, शितगंगा नगरपालिका,  मालारानी गाउँपालिका,     पाणिनी गाउँपालिका र छत्रदेव गाउँपालिकाका विभिन्न ठाउँमा पहिरो गएको छ । 

यस्तै सडकको अलवा जिल्लाभर विधुत नियमित हुन सकेको छैन् ।   

भारतको आन्ध्र प्रदेश तथा ओडिसाको तटीय क्षेत्र आसपास रहेको न्यून चापीय प्रणाली र विकसित हुँदै गरेको पश्चिमी वायु प्रणालीको संयुक्त प्रभावले नेपालमा बदली र वर्षा भएको छ । 

अन्य समाचारहरु