सिद्धाराको सिलिङखोलाका आगलागी पीडित खुला आकाशमुनी रात काट्न बाध्य (भिडियो, फोटो)

सिद्धाराको सिलिङखोलाका आगलागी पीडित खुला आकाशमुनी रात काट्न बाध्य (भिडियो, फोटो)


घनु गाहा

सिद्धारा,  अर्घाखाँची (अर्घाखाँचीडट्कम)  । अर्घाखाँची जिल्लाको शितगंगा नगरपालिका वार्ड नम्बर -९ सिद्धाराको सिलिङखोलाका आगलागी पीडित खुला आकाशमुनी रात काट्न बाध्य भएका छन् ।


सिद्धाराको सिलिङखोलाका ज्ञान बहादर आचार्यको घर र गोठमा पुष २७ गते मंगलवार साँझ ७ बजे आगलागी हुँदा घर र गोठ पूर्णरुपमा जलेर करिब ५ लाख ५० हजार रुपैयाँ बराबरको धनमाल नष्ट भएको थियो ।


पुष २७ गते साझ करीब ७ बजे ज्ञान बहादुर आचार्य र आफ्नी श्रीमति बसन्ती आचार्य गाँउमा विषेश आफ्नै कामले गएका बेला आगलागी भएको थियो ।
 
आगलागी हुनुको मुख्य कारण आफ्नै साला नेत्र रावतले लगाई दिएको गाँउलेहरुले बताए ।  आफ्नी दिदीसँग पहिले देखिनै झगडा भई रहने र दिदिको घरमा आगो लगाइदिन्छु पहिले देखिनै भन्दै आएका थिए ।


नेत्र रावत मानसिक सन्तुलन पनि ठिक नभएको र आफनै निबास नभएकाले दिदी भेनाको घरमा बस्दै आएका थिए ।

हाल ९ नं. वार्डले केहि खाध्यन्न सामाग्री दिए पनि त्यस बाहेक कुनै सहयोग नपाएको पिडित  परिवारले बताए । हाल नेत्र रावत प्रहरीको नियन्त्रणमा रहेको र अनुसन्धान भईरहेको ठाडा ईलाका प्रहरी कार्यालयका प्रमुख सन्दिप बेल्बासेले जानकारी दिनु भयो ।

वार्डबाट दुई बोरी चामल, दाल, नुन तेल, मसाला बाहेकको अरू केही सहयोग नपाउदा अपाङ्ग रहेको एक छोरालाई समेत खुला आकाशमुनी राख्न बध्य रहेका छन् ।


तीन दिनदेखि सहयोग नपाउदा घरमा भएका कपडालत्ता तथा अन्नपात जलेर नष्ट भए पछि यो जाडोको मौसममा खुला आकाशमुनि रात बिताउनुका साथै एक छाक खानलाउन धौधौ परिरहेको अग्नि पीडित बसन्ती आचार्यले रातो प्रेसलाई बताईन । घरमा भएको भाँडाकुडा र खाट समेत जले पछि गाँउलेहरु सँग खाना माँगेर खाई खुला आकाशमुनि आफूहरु भूईमा सुत्न बाध्य भएको उनको गुनासो छ ।


वडाबाट दुई बोरी चामल, दाल, नुन तेल, मसाला बाहेकको अरू केही सहयोग नपाउदा अपाङ्ग रहेको एक छोरालाई समेत खुला आकाशमुनी राख्न बध्य रहेका छन ।

आगलागी भएको चार दिन बितिसक्दा पनि अग्निपीडित माँझ पुगेर पीडा जनप्रतिनिधीहरूले नबुझ्दा उनीहरु पुषको यो चिसोमा कष्टकर जीवन बिताउन बाध्य भईरहेको प्रत्यक्षदर्शी रातो प्रेसका पत्रकार भक्तिराम घिमिरेले बताए । उनका अनुसार तत्काल आवश्यक त्रिपाल, खाद्यान्न तथा भाँडाकुडा उपलब्ध गराई दिनका लागि सञ्चारमाध्यम मार्फत सम्बन्धित निकायसँग पहल गरिदिन पिडित परिवारले माग गरेका बताए ।



अन्य समाचारहरु