बल्कोटमा निषेधाज्ञा उल्लंघन गर्नेलाई धमाधम कारबाही गर्दै प्रहरी

बल्कोटमा निषेधाज्ञा उल्लंघन गर्नेलाई धमाधम कारबाही गर्दै प्रहरी


अस्लम अली

बल्कोट, अर्घाखाँची (अर्घाखाँचीडट्कम) ।  अर्घाखाँची जिल्लाको छत्रदेव गाउँपालिका वार्ड नम्बर २ बल्कोटमा रहेको प्रहरी चौकीले जारी निषेधाज्ञालाई  थप प्रभावकारी बनाउन  विशेष  सक्रियता बढाएको छ । 


छत्रदेव गाउँपालिका आफ्नो  कार्यक्षेत्रभित्र  रहेका विभिन्न स्थानहरुमा अनुगमनको कार्यलाई जोड दिएको जनाएको छ।

बल्कोट प्रहरी कार्यालय, वार्ड नम्बर २ को कार्यालय, बल्कोट प्राथमिक स्वास्थ्य केन्द्र तथा सदरमुकाम सन्धिखर्क जाने मुख्य सडक समेत रहेको यस क्षेत्रमा विशेष सतर्कता अपनाउदै चेकजाँचलाई कडाई गरिएको छ।

बिना काम सवारी साधन चलाउने, बिना काम घरबाहिर हिंड्नेलाई प्रहरीले कारबाही गरेको छ भने अत्यावश्यक बाहेकका सवारी साधनलाई नियन्त्रणमा लिइ   निषेधाज्ञालाई पुर्णरुपमा पालना गर्न आग्रह समेत गरेको छ ।

अन्य समाचारहरु