धारापानीको ओवाल घर भई हिले बसोबास गर्दै आएकी एक महिला एक हप्तादेखि बेपत्ता

धारापानीको ओवाल घर भई हिले बसोबास गर्दै आएकी एक महिला एक हप्तादेखि बेपत्ता


अर्घाखाँचीडट्कम संवाददाता

धारापानी, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाकाे भुमिकास्थान नगरपालिका वार्ड नम्बर २ धारापानीको ओवाल घर भई हिले बसोबास गर्दै आएकी एक महिला बेपत्ता भएकी छिन् । 


धारापानीको ओवाल घर भई हिले बसोबास गर्दै आएका निम बहादुर सुनारकी ४२ वर्षिया श्रीमती जमुना सुनार एक हप्तादेखि बेपत्ता भएकी हुन् ।

जमुनाले कातिक १५ गते घरबाट छोरीलाई भेट्न जान्छु भनेर ओवाल घरमा गएकी थिईन् । छोरीलाई कलेरी लिएर जान्छु भनेता पनि घरमा छोरीसँग भेट नभएको छोरी पुजा बताईन् । साथै उनी कलेरी नगएर सन्धिखर्क गएको गाउँहरुले बताए । 

साथै उनी माइती घरमा पनि नगएको र छरछिमेकी सबै ठाउँमा खोज्दा फेला नपरेपछि परिवारले धारापानी प्रहरी चौकीमा उजुरी दर्ता गराएको छ । 

उता पछिल्लो समय अर्घाखाँचीमा बेपत्ता हुने युवती, महिलाको संख्या बढेको देखिन्छ ।  

अन्य समाचारहरु