सन्धिखर्कका मृगाैला पीडित युवालाई आर्थिक समस्या, परिवारद्वारा सहयाेगकाे याचना

सन्धिखर्कका मृगाैला पीडित युवालाई आर्थिक समस्या, परिवारद्वारा सहयाेगकाे याचना


दिपक भुसाल 

सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका वार्ड नं. ११ डिभर्नाका मृगाैला पीडित एक युवालाई आर्थिक समस्या परेको छ । 


डिभर्नाका दुबै मृगाैला फेला भएका २१ वर्षिय रमेश विकलाई आर्थिक समस्या परेको हो । 

विककाे परिवारले आर्थिक सहयाेगकाे याचना गरेकाे छ । रमेशकाे अहिले  डाइलासिस भइरहेकाे छ । मृगौला प्रत्यारोपण गर्नकाे लागि थुप्रै रकम चाहिने हुँदा सहयाेग गरि जीवन बचाइदिन   रमेशले सबैमा आग्रह गरेका छन् ।   

आर्थिक अवस्था निकै कमजाेर रहेकाले परिवार चिन्तामा परेकाे छ । उनका बुवा विष्णु विककाे राष्ट्रिय वाणिज्य बैंककाे खाता नं. ३०५०१०००३४४८५०१० मा पैसा जम्मा गरिदिन परिवारले अनुराेध गरेकाे छ ।

थप जानकारी  लिन परे परिवारकाे सम्पर्क नं.  ९८४७४०११७६ मा सम्पर्क गर्न सकिनेछ । रमेशकाे जीवन रक्षाका लागि सहयाेग संकलन अभियान सुरू गर्न  लागिएकाे  स्थानीय समाजसेवी युवा सन्ताेष आचार्यले बताउनुभयाे ।

अन्य समाचारहरु