निषेधाज्ञाले खाली मगजमा छरिएका शब्दहरू ( कविता)

निषेधाज्ञाले खाली मगजमा छरिएका शब्दहरू ( कविता)


बिज्ञान पन्थी

उषाको त्यो किरण, स्थलमा नपरि मिरमिरे हुदैँन् ।
सन्ध्याको त्यो रवि, डुबानमा नपरि गोधुलि जादैँन् ।।
अनेकौँ भाकामा गीत गाउने, रमाउने प्रयास गर्दैमा ।
चरिको त्यो चिरविर, कर्णमा नपरि पर्यावरण गुन्जिदैँन ।

निर्मल स्वच्छ नभमा, अविरल वर्षाको कल्पना गर्दैमा ।
मेघको त्यो भयंकर, दृश्य गगनमा नपरि गंगा झर्दैन ।।
घामको पिडा लुकाउन, धेरै यात्रा अनि छहारी चार्दैमा ।
जुनको त्यो प्रतिविम्ब, जलमा नपरि शितलता छाउँदैन् ।।

अनेकथरि सुगन्धित पुष्पमा, पुतलीहरु रमाइ भुल्दैँमा ।
प्रकृतिको त्यो अनुपम, मोहमा नपरि सुन्दरता झल्किदैँन् ।।
धेरै पर्खाल लगाइ बाँध समेत बाधि रोक्न खोज्दैमा ।
जलको त्यो बहाब, समुन्द्रमा नपरि शेष गति थामिदैँन् ।।

हातले नेत्र छोपी भ्रमित अन्धकारको आभास हुदैँमा।
औषिको त्यो निशान्त, रातमा नपरि नौलाख छोपिदैँन् ।।
सरकार प्रतिस्पर्धाले कोरोना जिवाणु हटाउँछु भन्दैँमा ।
सत्ताको त्यो विशेष, कक्ष उपचारमा नपरि निको हुदैँन ।।