छत्रदेब गाउँपालिकाद्वारा ६७ करोड ५१ लाख ७७ हजार बराबरको बजेट प्रस्तुत | बाँदरलाई नियन्त्रण गर्न जङ्गलमा फलफूल खेती

छत्रदेब गाउँपालिकाद्वारा ६७ करोड ५१ लाख ७७ हजार बराबरको बजेट प्रस्तुत |  बाँदरलाई नियन्त्रण गर्न जङ्गलमा फलफूल खेती


रुद्रमणी भुसाल 

 छत्रदेव अर्घाखाँची (अर्घाखाँचीडट्कम)  । अर्घाखाँची जिल्लाको  छत्रदेब गाउँपालिले  आर्थिक बर्ष २०७८/ ७९ को लागि रु ६७ करोड ५१ लाख ७७ हजार बराबरको बजेट प्रस्तुत गरेको छ ।  
 

बजेटमा स्वास्थयमा १ करोड ७९ लाख ,शिक्षामा  ८८ लाख ,खानेपानीमा १ करोड ६९ लाख  ,कृषि र पशुपालनमा ९२  लाख ,संस्कृति र प्रर्यटन प्रवर्द्धन तर्फ १ करोड ८४ लाख बजेट बिनियोजन गरेको छ ।  


छत्रदेब गाउँपालिकाले बलकोट  अस्पताल  र, स्वास्थ्यचौकी , सामुदायिक  स्वास्थ इकाईका सेवा प्रवाहलाई  गुणस्तरिय बनाउने ,  खानेपानी आपूर्तिमा सञ्चालन हुने लिफ्टिङ खानेपानी आयोजना महँगो पर्ने भएपछि ३३ प्रतिशत विद्युत् महसुल पालिकाले तिरिदिने , ’एक घर एक धारा’ अभियानलाई निरन्तरता दिँदै खानेपानीलाई प्राथमिकतामा राखेको  छ  । 


बाँदर, बँदेललाई नियन्त्रण गर्ने उद्देश्यले जङ्गलमा फलफूल खेती गर्ने र सामुदायिक वनमा बहुमूल्य जडीबुटी लगाउने  जस्ता कार्यक्रम पनि बजेटमा उल्लेख गरिएको छत्रदेबका गाउँपालिका अध्यक्ष लेखनाथ पोखरेलले जानकारी दिनु भयो  ।

अन्य समाचारहरु