ढिकुराको चरेपानीमा एक १९ वर्षिय युवा मृत फेला

ढिकुराको चरेपानीमा एक १९ वर्षिय युवा मृत फेला


अर्घाखाँचीडट्कम संवाददाता 

ढिकुरा, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको भूमिकास्थान नगरपालिका वार्ड नम्बर ९ ढिकुराको चरेपानीमा एक युवा मृत फेला परेका छन् । 
चरेपानी गाउँ

ढिकुराको चरेपानी निवासी लिल बहादुर रेश्मीका १९ वर्षिय कुशल रेश्मी मृत फेला परेका हुन् ।

उनलाई आज मंगलवार बिहान आफ्नै कोठामा झुण्डिएर अवस्थामा मृत फेला पारेको प्रहरीले बताएको छ । 

प्रहरीले आत्महत्या गरेको अनुमान गरेको छ । भने शव पोष्टमार्टम गरी परिवारलाई बुझाईएको छ । घटनाको थप अनुसन्धान भईरहेको प्रहरीले बताएको छ ।

अर्घाखाँचीमा पछिल्लो समय आत्महत्या गर्नेको संख्या बढेको देखिन्छ । 

अन्य समाचारहरु