अर्घाखाँची जिल्ला मालपाेत कार्यालय साउन ११ गतेसम्म बन्द

अर्घाखाँची जिल्ला मालपाेत कार्यालय साउन ११ गतेसम्म   बन्द


अर्घाखाँचीडट्कम संवाददाता 

सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्ला मालपाेत कार्यालयका प्रमुख सहित कर्मचारीहरुमा काेभिड संक्रमण पुष्टि भएपछि साउन ११ गतेसम्म अत्यावश्यक बाहेकका सेवा बन्द गरिएकाे छ ।


जिल्ला मालपाेत कार्यालयका प्रमुख तारा प्रसाद पाेख्रेल सहित ४ जना कर्मचारीहरुमा काेभिड संक्रमण पुष्टि भएपछि साउन ११ गतेसम्म अत्यावश्यक बाहेकका सेवा बन्द गरिएकाे हो ।

उनिहरुलाई आईतवार काेभिड संक्रमण पुष्टि भएको थियो ।   

अन्य समाचारहरु