फुदवाङ-गच्छेबजार सडक हिलाम्य अस्तव्यस्त | अब स्थानियबासीले नगरपालिका, वार्ड कार्यालय घेर्ने

फुदवाङ-गच्छेबजार सडक हिलाम्य अस्तव्यस्त | अब स्थानियबासीले नगरपालिका, वार्ड कार्यालय घेर्ने


अर्घाखाँचीडट्कम संवाददाता

गच्छेबजार, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका वार्ड नम्बर ७ खाँचीकोटको फुदवाङदेखि गच्छेबजारसम्मको सडक अस्तव्यस्त भएको छ ।


वैकल्पिक बाटो भनिएको खाँचीकोटको फुदवाङदेखि गच्छे बजारसम्मको सडक वर्षौदेखि अस्तव्यस्त भएको हो ।

फुदवाङदेखि गच्छे सडक वर्षाको समयमा हिलाम्य भएर गाडी होस् या मानिसहरु समेत आवतजावत गर्न सक्ने अवस्था छैन् ।


वार्डलाई वार्षिक दसौ लाख रकम सडक मर्मतको लागि बजेट आएता पनि स्थानिय नेता, प्रतिनिधिहरुको मिलमतोमा आफ्नो क्षेत्रमा गएको देखिन्छ ।

उता राष्ट्रिय जनमोर्चा खाँचीकोटका वार्ड समिती अध्यक्ष दिलदार हुसेनले डट्कमसँग भने; आफुहरुले लामो समयसम्म यस बाटो लागि रकम छुट्टाउन माग गर्दा पनि कुनै सुनाई नभएको बताए । यहाँ कहिलेकाही बाटो सोर्न डोजर लगाएपनि मिटर ठग्ने हिसाबले राम्रोसँग काम नगरे र सबै कमिशनमा काम हुने गरेको आरोप लगाए ।


यस्तै अध्यक्ष हुसेनले अब केही दिनमा सुनुवाई नभए आफ्नो पार्टी तथा युवाले वार्ड कार्यालय तथा नगरपालिका घेर्ने चेतावानी दिए ।

उता सन्धिखर्कको प्रमुख सडक फुदवाङदेखि गच्छे बजारमा नगरपालिकाको कुनै ध्यान नगएको भन्दै स्थानियबासी आक्रोसित भएका छन् । उनिहरुले पिच गर्ने काम बजारमा मात्र नभएर फुदवाङदेखि गच्छेमा हुनुपर्ने माग गरेका छन् ।

सन्धिखर्क नगरमा जनप्रतिनिधी, राजनीतिक दल तथा ठेक्दारको मिलिमतोमा गुणस्तरहिन बिकासका काम हुँदै आरोप लाग्दै आएको देखिन्छ ।




अन्य समाचारहरु