सन्धिखर्कको कुर बेहोरेमा मञ्जरी युवा क्लबद्धारा विपन्न परिवारलाई माक्स वितरण

सन्धिखर्कको कुर बेहोरेमा मञ्जरी युवा क्लबद्धारा विपन्न परिवारलाई  माक्स वितरण


बिक्रम नेपाली 

कुर, अर्घाखाँची ( अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका वार्ड नं-२ स्थित कुर बेहोरेमा मञ्जरी युवा क्लबले माक्सको पहुँचबाट टाढा रहेका  घर परिवारलाई माक्स वितरण गरेको छ ।


 उक्त  ठाउँमा  एउटै माक्स घरका अरु सदस्यले पनि प्रयोग गर्ने गरेको ,जानकारी  पाएपछि मञ्जरी युवा क्लब, अर्घाखाँचीका साथीहरू उक्त ठाउँमा माक्स लिएर जानुभएको हो । 

माक्सको प्रयोग र कोरोना भाईरस सम्बन्धि जनचेतनामूलक कुराहरु पनि उक्त अबसरमा क्लबका अध्यक्ष बिक्रमले त्यहाँका स्थानीयहरुलाई जानकारी गराउनु भएको थियो । उहाले सामाजिक दुरि कायम गर्दै त्यहाका स्थानियका घर घरमा गई माक्स वितरण स्वास्थ सम्बन्धि जानकारी दिदां त्यहा स्थानीयहरुले खुसी ब्यक्त गरेक थिए ।

मास्क बितरण अभियान मञ्जरी युवा क्लब , अर्घाखाँचीका अध्यक्ष बिक्रम नेपालीको नेतृत्व , उपाध्यक्ष राहुल नेपाली, सचिव अशिस नेपाली, सह-सचिव बिस्नु नेपाली, सदस्य हरु सिर्जना नेपाली, र मनोज नेपाली  को उपस्तिथिमा  भएको थियो ।

अभियानका क्रममा क्लबका अध्यक्ष बिक्रम नेपालिले मञ्जरी युवा क्लब , समाज को हक हितमा लागि सधै खटिरहने बताउनुभयो । 

यहाँका स्थानीयहरुले मञ्जरी युवा क्लब ले गरको उदाहरणीय काम देखेर यस क्लब लाई सधै भर  साथ र सपोट दीने पनि बताए  ।

अन्य समाचारहरु