केशबराज ज्ञवाली /अर्घाखाँची डट्कम- अर्घाखाँची जिल्लाको भुमिकास्थान नगरपालिकाले आगामी आर्थिक वर्ष २०७९/८० को लागि ८६ करोड ३६ लाख ६९ हजार रुपैयाँको बजेट विनियोजन गरेको छ ।

नगरपालिकाको नगरसभा बाट पारित आर्थिक बर्ष २०७९/८० को निति तथा कार्यक्रम र बजेट सार्वजनिक गर्न गरिएको पत्रकार सम्मेलनमा आज सो कुरा सार्वजनिक गरिएको हो ।

नगरपालिकाको ११औं नगर सभाबाट सोहि रकम विनियोजन गरिएका नगरप्रमुख झबिलाल थापाले पत्रकार सम्मेलनमा जानकारि दिए ।
