धारापानीको श्री शान्ति माध्यमिक विद्यालयका शिक्षक राम रानाको निधन

धारापानीको श्री शान्ति माध्यमिक विद्यालयका शिक्षक राम रानाको निधन


हरि भुसाल |  अर्घाखाँचीडट्कम संवाददाता  

धारापानी, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको भुमिकास्थान नगरपालिका वार्ड नम्बर ३ धारापानीको श्री शान्ति माध्यमिक विद्यालयका शिक्षकको निधन भएको छ । 

धारापानीको श्री शान्ति माध्यमिक विद्यालयका ४८ वर्षिय विज्ञान शिक्षक रामबहादुर रानाको गएराती प्रादेशीक अस्पताल बुटवलमा निधन भएको हो । 

सन्धिखर्क नगरपालिका वार्ड नं ३ निवासी रानालाई एक महिना अगाडि कोरोना संक्रमतका कारण प्रादेशीक अस्पताल बुटवलमा भर्ना गरिएको थियो । उनको उपचारको क्रममा निधन भएको हो । 

रानाको घरमा श्रीमती सहित बृद्ध बुवा आमा रहेका छन् । 

फोटो: फेसबूक  

अन्य समाचारहरु