नुवाकोटका राष्ट्रिय जनमोर्चा प्रतिबद्ध सदस्य बेदुराम गैरेको ९९ बर्षको उमेरमा निधन

नुवाकोटका राष्ट्रिय जनमोर्चा  प्रतिबद्ध सदस्य बेदुराम गैरेको ९९ बर्षको उमेरमा निधन


अशोक खनाल 

नुवाकोट, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको भुमिकास्थान नगरपालिका वार्ड न.८ नुवाकोट निवासी राष्ट्रिय जनमोर्चाका प्रतिबद्ध सदस्य बेदुराम गैरेको सोमबार राती ९९ बर्षको उमेरमा निधन भएको छ । 


उहाँको पार्थिक शरीरमा रास्ट्रिय जनमोर्चाका लुम्बिनी प्रदेश सचिवालय सदस्य शेर बहादुर विसीले पार्टीको पार्टीको झन्डा ओढाइ अन्तिम श्रद्धाञ्जली अर्पण गरिएको थियो  ।


 सन्धिखर्क नगरपालिकाको वडा न. ७ को गच्छेखोला घाट्मा अन्तिम श्रद्धाञ्जली दिनको लागी राजमो का केन्द्रिय सदस्य शागर केसि , राजमो लुम्बिनी प्रदेश सदस्य तथा  जिल्ला अध्यक्ष थम्मन केसी,नेकपा मसालका जिल्ला प्रबक्ता पशुपति ढकाल , राजमो जिल्ला उपाध्यक्ष गोपाल पौडेल , राजमोका जिल्ला सचिवालय सदस्य तथा ट्रेड युनियनका केन्द्रिय उपाध्यक्ष गोबिन्द बिसि , विभिन्न राजनैतिक दल का प्रमुख तथा प्रतिनिधि ,जिल्ला स्थित राजमोका नेता  कार्यकर्ता तथा संचारकर्मी हरुको उपस्थित रहेको थियो ।


स्वगिय गैरेका चार भाइ छोरा चार बैनी छोरी तथा १२ नाति १० नातिनी ५ पनाति ११ पनातिनि रहेका छन् । 
 

स्वगिय गैरेका जेष्ठ छोरा चेतनारायण गैरेका जेष्ठ छोरा बिनोद गैरे नेपाल पत्रकार महासंघ जिल्ला शाखा अर्घाखाँचीका सचीव हुनुहुन्छ ।

अन्य समाचारहरु