बाँकेको कुसुम गाभरमा बाघले मान्छे खायो

बाँकेको  कुसुम गाभरमा बाघले मान्छे खायो

ç

कुलेन्द्र विक 

बाँकेको राप्ती सोनारी गाउँपालिका वडा नम्बर १ कुसुमस्थित गाभरमा बाघले मान्छे खाएको छ । गाभरस्थित भेरी राप्ती स्टाफ होटलमा काम गर्ने अन्दाजी ४५ वर्षका ब्यक्तिलाई पाटेबाघले खाएको इलाका प्रहरी कार्यालय कोहपुरका डिएसपी रविन्द्र खनालले बताए ।
   
आइतबार बेलुकीदेखि हराईरहेका उनको खोजी गर्दा सोमबार बिहान आधा शरीर खाएको अवस्था शव भेटिएको स्थानीय चन्दा लामाले जानकारी दिइन् । केही समयदेखि होटलमा मजदुरी गर्दै आएका मृतकको ठेगाना भने खुल्न सकेको छैन। मधेशी समुदायका ती ब्यक्तिलाई स्थानीयले ‘भैया’ भनेर बोलाउने गरेका थिए ।
   
‘होटलमा काम सकेपछि बेलुकीपख भैया सधैं गाउँ नजिकै रहेको राजमार्गको पुलमा गएर बस्थ्ये, हावा खाएर फर्किन्थ्ये, त्यही बेलामा बाघले झम्टेर लगेछ,’ लामाले भनिन् । मृतकको शव पूर्वपश्चिम राजमार्गबाट करिव ५ सय मिटर उत्तरतर्फ निकुञ्ज भित्रको जंगलमा भेटिएको डिएसपी खनालले बताए ।
  
डिएसपी खनालका अनुसार बाघले मृतकको आधा शरीर खाइसकेको छ । अहिले पनि बाघ लास सगै रहेको डिएसपी खनालले बताए ।

अन्य समाचारहरु