धारापानी स्वास्थ्य चौकीद्धारा भूमिकास्थानका मेयर, उपमेयर, वार्ड प्रतिनिधिहरुलाई स्वागत कार्यक्रम सम्पन्न

धारापानी स्वास्थ्य चौकीद्धारा भूमिकास्थानका मेयर, उपमेयर, वार्ड प्रतिनिधिहरुलाई स्वागत कार्यक्रम सम्पन्न

अर्घाखाँचीडट्कम संवाददाता 

धारापानी, अर्घाखाँची ।  धारापानी स्वास्थ्य चौकी भु.न.पा. ०४, धारापानी, अर्घाखाँचीको आयोजनामा आज एक कार्यक्रमका बिच नव निर्वाचित नगर प्रमुख, उप-प्रमुख लगायत वडा न. ०३, र ०४ का वडा अध्यक्ष तथा वडा सदस्यहरुको लागि बधाई, शुभकामना तथा स्वागत कार्यक्रम सु-सम्पन्न भयो । 


कार्यक्रमको प्रमुख अतिथि नगर प्रमुख  झबिलाल थापा, बिशिस्ट अतिथी उप-प्रमुख   बालकृष्ण बन्जाडे र अतिथिहरुमा वडा न. ०४, वडा अध्यक्ष  बाबुराम पन्थी सुनार, वडा न. ०३ वडा अध्यक्ष  कृष्ण प्रसाद बन्जाडे, वडा न.०४, वडा सदस्यहरु क्रमश पुष्कर भुसाल, बिजय सुनार, कमला खत्री र भुमा परियार यसैगरी वडा न. ०३, वडा सदस्यहरु क्रमश हुम बहादुर सुनार, राधा पौडेल, डासिराम भुसाल र बिष्णु बि.क. तथा राजनीतिक दलका वडा समितीका अध्यक्ष तथा सभापतिहरु, वडा न. ०३ र ०४ को वडा सचिबहरु, धारापानी प्रहरी चौकी प्रमुख, साइन रेसुङ्गा बैंक धारापानी शाखा प्रबन्धक आथित्यता रहेको कार्यक्रममा पत्रकार, सामुदायिक महिला स्वास्थ्य स्वयंसेविका, विद्यालय नर्स, स्वास्थ्यकर्मी लगायत स्थानीय वासीहरुको उपस्थिति रहेको थियो । 


उक्त कार्यक्रम स्वास्थ्य चौकी प्रमुख सि.अ.हे.ब.  राम बहादुर के.सी. को अध्यक्षता, सि.अ.न.मि. अनिता जैसवालको स्वागत र अ.हे.ब. मणिराम कुँवरको संचालनमा सम्पन्न भयो ।


अन्य समाचारहरु