वाङ्लाको टुनी पोखरामा श्री हरिततारा बचत तथा ऋण सहकारीको वार्षिक साधारण सभा सम्पन्न

वाङ्लाको टुनी पोखरामा श्री हरिततारा बचत तथा ऋण सहकारीको वार्षिक साधारण सभा सम्पन्न


केशब खड़का

वाङ्ला, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका वार्ड नम्बर ४ वाङ्लाको टुनी पोखरामा श्री हरिततारा बचत तथा ऋण सहकारी संस्थाको वार्षिक साधारण सभा सम्पन्न भएको छ । 


वाङ्लाको टुनी पोखरामा श्री हरिततारा बचत तथा ऋण सहकारी संस्थाको वार्षिक साधारण सभा सम्पन्न भएको हो ।

शेयर सद्स्यहरुको उपस्थितिमा नरहरि श्रेष्ठको अध्यक्षमा नयाँ नेतृत्व चयन भएको छ । जसको उपाध्यक्षमा मुक्तिराम भण्डारी, सचिबमा कमल जोशी, कोषाध्यक्षमा अध्यक्षमा बिनोद आचार्य र सद्स्यहरुमा क्रमस- नारायण आचार्य, मदन भट्टराई, रेजिना भण्डारी रहेका छन् ।   यस्तै नम बहादुर सिंहको संयोजकतामा लेखा समिति गठन गरिएको छ ।  जसको सद्स्यमा कृस्न अधिकारी र उमा रिजाल रहेका छन् ।  
  

 २७ वर्ष अघि स्थापना गरिएको श्री हरिततारा बचत तथा ऋण सहकारी संस्थामा  शेयर सद्स्य संख्या ३२८ जना छन् । जसमा महिला १७३ जना र पुरुष १५५ जना रहेका छन् । भने शेयर पुजि रकम १३,१२,०००।०० रहेको छ । यस सस्था ले ब्याजदर लिने दर - १२% र दिने दर - ७% रहेको छ ।  

अन्य समाचारहरु