धारापानीमा अरिङ्गालले टोक्दा एक जना युवा घाईते

धारापानीमा अरिङ्गालले टोक्दा एक जना युवा घाईते


अर्घाखाँचीडट्कम संवाददाता 

धारापानी, अर्घाखाँची  (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको भुमिकास्थान नगरपालिका वार्ड नम्बर ३ धारापानीमा अरिङ्गालले टोक्दा एक जना युवा घाईते भएका छन् । 

धारापानी

धारापानीका ३० वर्षिय प्रेम भुसाललाई आफ्नै बारीमा घाँस काट्ने क्रममा अरिङ्गालले टोक्दा घाईते भएका हुन् ।

भुसालले आफ्नै बारीमा घाँस काट्ने क्रममा अचानक अनुहार र शरीरको विभिन्न भागमा अरिङगलले टोकेको थियो ।

घाईते भुसाललाई उपचारको लागि जिल्ला अस्पताल अर्घाखाँची ल्याएकोमा थप उपचारको लागि बुटवल तर्फ पठाईएको प्रहरीले बताएको छ । साथै भुसालको अवस्थ्य मध्यम रहेको बताइएको छ । 

अन्य समाचारहरु