नुवाकोटको बरबासमा जीपको ठक्करबाट ४ वर्षिय एक बालकको मृत्यु

नुवाकोटको बरबासमा जीपको ठक्करबाट  ४ वर्षिय एक बालकको मृत्यु


लक्ष्मण घिमिरे 

नुवाकोट, अर्घाखाँची । अर्घाखाँची जिल्लाको भुमिकास्थान नगरपालिका ७ नुवाकोटको बरबासका जिपले ठक्कर दिंदा एक बालकको मृत्यु भएको छ ।


लु १ ज १७२६ नम्बरको जिपले ठक्कर दिंदा बरबासका दिपक नेपालीका ४ वर्षिय छोरा आयान नेपालीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सुचना अधिकारी गणेश खनालले जानकारी दिए ।

सन्धिखर्कबाट खिल्जी जान हिंडेको जिपले ठक्कर दिएर घाईते भएका बालकको उपचारका क्रममा अर्घाखाँची अस्पतालमा मृत्यु भएको हो । सवारी र चालक प्रहरी नियन्त्रणमा छन् भने घटनाको अनुसन्धान भईरहेको छ ।

अन्य समाचारहरु