नेपाली हिन्दूनारीहरुको पार्व तीज विशेष

नेपाली हिन्दूनारीहरुको पार्व तीज विशेष


काशिराम घिमिरे
पाणिनी-४पटौटी 
अर्घाखाँची

नेपाली हिन्दु नारी हरुको पर्व तिज नजिकिदै छ ।तिजनारी हरुको एउटा विशेष पर्व हो ।चेलीबेटिहरु आफ्नो बिबाह गरि टाढा वा पराइको घर जाने र उक्त तिजको अवसर पारी माइतीमा आउने सगैँ आफ्नो बुवा आमा दाजु बहिनी सँगबसि आफ्ना कुराकानी भलोकुसारी गर्ने रमाइलो गर्ने साथै सँगै गित गाउने दु:ख सुखका कुरा गर्ने र मिठा मिठा परिकार हरु खाने खास त दर खाने वा दूध जन्य पदार्थ बाट बनेका परिकार खाने चलन छ ।तिज भनेको नेपाली हिन्दु नारिको एउरा विशेष पर्वहो ।जसमा चेली हरु बिबाहित वा अबिबाहित सबै महिला दिदीबहिनिले विशेषरुपमा मनाउने गर्दछ्न ।तिजमा दिदिबहिनी लाई टाढा टाढाबाट ल्याउने र लिनको लागि दाजुभाइ र बुवा प्राय गएको पाइन्छ ।यो प्राय भाद्रमहिनामा पर्दछ।तिजको बेलामा दिदी बहिनी वा चेलीबेटीहरुलेदर खाने चलन छ ।दर दुधजन्य पदार्थ बाट बनेको हुन्छ।


महिलादिदी बहिनीलेब यहीँ तिजमाबर्षभरिका आफ्ना पिडाहरु बेदना हरुलाई गितको माध्यम बाट गाउने गर्दछ्न ।आफ्नो परिवार र समाजमा भएका घटना हरुको बारेमा पनि गितबाटै ब्यक्त गर्दछ्न ।

माइती पक्षलाई पनि आफ्ना दिदिबहिनी लाई यो तिजमा ल्याउने सगै जम्माभइ खाजा खाने इच्छा हुन्छ।जसले गर्दा रमाइलो पनि हुनेगर्छ ।यो पर्वमा तामा र काक्राको अचारअनदिको चामलको खिर निकै महत्त्वपूर्ण हुन्छ ।प्राय गितमा यो सुन्न पाइन्छ।आमाले पकाएको खाना कस्लाइ पो राम्रो लाग्दैन र त्यो पनि भएको हुँदा आफ्नो आमाले पकाएको खाजा दर खान सबै इच्छुक हुन्छ्न । दिदिबहिनिलाई यो तिज पर्वमा ल्याइ मिठा परिकार साथै राम्रो स्वागत सत्कार गर्ने र विभिन्न उपहार हरुदिने गरिन्छ।
दिदिबहिनीले यो तिजपर्वमा रातो साडी चुरापोतेनाडिमा रातो चुरा लगाउने हुँदा पनि राम्रो देखिन्छ ।यो हाम्रोसंँस्कृती पनि हो । 

यसको धार्मिक पृष्ठभुमि 

यो हिन्दुनारिको विशेष चाँड हो।यो भाद्र शुक्ल दिप्तिया देखि पंञ्चमि सम्म ४दिन सम्म मनाइन्छ।तिजमा भगवान शिवको आरधना गरिन्छ।यो प्राय महिलाहरुले अबिहाहितले राम्रो पति पाउ भनी व्रत बस्ने चलन छ।र बिबाहित ले आफ्नो परिवार आफ्नो स्वास्थ्य ,पतिको आयु र स्वास्थ्य राम्रो होस परिवारमा सधैं सुख शान्ती होस केहि दुख नहोस भनी बर्तबस्ने चलन छ।

हिन्दु परम्परा अनुसार हिमालयले आफ्नी छोरी पार्वतिको बिबाह भगवान बिष्णु सँगगरिदिने भनि आफ्नो बुवाको कुरा चित्त नबुझी आफुले रोजेको वरपाँउभनी जङ्गलमा गइ पार्वतिले १०७जन्म सम्म धोर तपस्यागरेपनी १०८औं जन्ममा मात्र पुराभएको कुरा केही कुराहरुमा पाइन्छ ।साथै सयौं बर्षपनि तपस्यापुरा नहृुँदा शिवलिङको स्थापना गरि पानीपनी नखाइ पार्वती निराधार व्रत बसिन जसले गर्दा शिवजी प्रकट भइचिताएको पुग्छ भनी आशीर्वाद दिएको र शिव पार्वतिकोबिबाह भएको पाइन्छ।यो दिन भाद्र महिनाको शुक्लतृतीयाको दिन थियो ।त्यसैलाई मध्यनजर राखी वा त्यसै दिन देखि उक्त तिथिमा नारीहरुको तिज पर्व मनाउन लागेको पाइन्छ।

यसको अर्थ:यसको अर्थ उपसना ,आरधनाको माद्यम बाट महिला जातिको अस्तित्वलाई शिरवरमा लैजाने प्रयास भनी बुझिन्छ।

यो पर्वभाद्र शुक्ल तृतीयाका दिन भनाइने यो पर्व अघिल्लो रात दिप्तियका दिनमादर खाइन्छ् र तिजमा बर्तबसिन्छ।चौथिको दिन स्नान गरि र तिजको तेस्रो दिनमा ऋषिपंँञ्चमिको दिनमा बर्तालु महिलाहरुले ३६५वटा दत्तिवलले दात माझी माटोले लेपन गरिन्छ।र चौथो दिन सत्त ऋषिको पूँजागरिन्छ साथै ऋषि पंँञ्चमिकोपूजागरी टीका लगाइ दान दक्षिणा गरि नाँचगान गरि यो पर्व मनाउने गरिन्छ।

त्यसैले हाम्रा नारी दिदिबहिनिलाइ सधैं माया गरौँ ।हाम्रो हिन्दु सस्कार परम्परा लाई बचाइ राखौं ।नारिहरुको सधैं सम्मान गरौं ।आजका एक्काइसौं सताब्दिका नारिहरु खाली चुलो चौकोमा मात्र सिमित छैनन देशको मुल नेतृत्वमासमेत पुगेका छ्न ।हाम्रो हिन्दु धर्मपरम्परा अनुसार नारिलाइ देबि, सरस्वती ,लक्ष्मी भनी एउटा भगवानको रूपमा पनि लिने गरिन्छ।हिन्दु परम्परामा नारिको मुख्य स्थान हुने गर्दछ,पछिल्लो समयबजारमाहाम्रो यश तिज गितहरु केही हाम्रो मौलिकता भन्दा बाहिर गएको पाइन्छ ।बास्तबमा त्यसो गर्नु हुँदैन हामिहरु यसमा सुधार गर्दै लानु पर्छ।पुराना गित हरुमा जस्तो चेलिको बेदना सत्य घटना हरुमा आधारित र भगवान पर्तिको आस्थामा आधारित तिज गित हरु बजारमा हराउन लागेको पाइन्छ।यो पुन हुनुपर्छ।तिजलाइ एउटा सभ्य भद्र र समाज र धर्म संँस्कृती अन्तर्गत रहि मनाउनु पर्छ।भडकिलो र देखासिकी पाराले मनाउनु हुदैन ।पछिल्लो समय दर खाने चलन बजारमा पार्टिप्यालेसमा गइ मनाउने चलन छ ।जुन घरमै आफै बनाएर दर खाइन्छ त्यो जस्तो राम्रो अबस्यपनि हुँदैन ।नाचगान गर्दा डेग बजाइ गर्ने गरिन्छ ।यो गर्दा हाम्रो मौलिकता हराउन सक्छ ।पुरानो आमा दिदिबहिनिले आफू नाच्न उठदा आफ्नो समसामयिक गित हरु गाएको सुनिन्थ्यो त्यो नयाँ पुस्ताले भुलेको जस्तो लाग्छ।त्यसैले यी परम्पराहरुलाइ बचाउन हाम्रो धर्म संँस्कृती अन्तर्गतका गितहरु गाउनु पर्छ पुरानो मौलिकतालाई । 

अन्य समाचारहरु