सिद्धाराको धानखाेलाबाट बन्द गराउन आएका विप्लव नेकपाका १२ जना कार्यकर्ताहरु पक्राउ

सिद्धाराको  धानखाेलाबाट बन्द गराउन आएका विप्लव नेकपाका १२ जना कार्यकर्ताहरु पक्राउ


अनिल नेपाली 

सिद्धारा, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको शितगंगा नगरपालिका – ११ सिद्धाराको  धानखाेलाबाट  पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता लिन माग गर्दै नेपाल बन्द गराउन सडकमा निस्किएका नेत्रविक्रम विप्लव नेतृत्व  नेपाल कम्युनिस्ट पार्टीका  १२  जना पक्राउ परेका छन् । 


सिद्धाराको  धानखाेलाबाट १२  जना नेता कार्यकर्ता पक्राउ परेका हुन् । बिहानैदेखि नेपाल बन्द गराउन सडकमा खटिएका विप्लव निकट सो पार्टीका १२ जना कार्यकर्ता लाई भालुवाङ ईलाका प्रहरी कार्यलयलमा लगिएको छ 

पक्राउ पर्नेमा नेकपाका जिल्ला सदस्य सागर पुन, मनु गिरि,  सेल सेक्रेटरी कर्ण बहादुर राना होम बहादुर केसि सन्तोष काउछा  देबेन्द्र पुन  नारायण बहादुर मोहोरा मकर सुनार संखर घर्ती पुण बहादुर राना सन्तराज खत्री पुण बहादुर मोहोरा लगायत १२ जना लाई भालुवाङ ईलाका प्रहरी दारा  धान खोला बाट गिरफ्तार गरेको  जिल्ला सेक्रेटरी  खेम घर्ति मगरले जानकारी दिनु भएको छ ।

अन्य समाचारहरु