अर्घाखाँचीका अर्जुन बन्जाडेद्धारा एनआरएन अमेरिकाको एनसिसी अध्यक्ष पदमा उम्मेदवारी दर्ता

अर्घाखाँचीका अर्जुन बन्जाडेद्धारा एनआरएन अमेरिकाको एनसिसी अध्यक्ष  पदमा उम्मेदवारी दर्ता


केशब खड्का

अमेरिका (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको छत्रदेव गाउँपालिका वार्ड नम्बर ८ अर्घातोषका अर्जुन बन्जाडेले  गैर-आवासीय नेपाली संघ एनआरएन अमेरिकाको एनसिसी अध्यक्षको पदमा उम्मेदवारी दर्ता गराएका छन् ।  


अर्घातोषका अर्जुन बन्जाडेले आगामी २०२१- २०२३ कार्यकालको लागि हुन गईरहेको गैर-आवासीय नेपाली संघ एनआरएन अमेरिकाको एनसिसी अध्यक्षको पदमा उमेदवारी दर्ता गराएका हुन् ।  

अर्घातोसमा जन्मेर स्थानिय स्कुल श्री सरस्वती मावी सुर्यथुमदेखि प्राथमिक र माध्यमिक स्कुल अध्ययन पस्च्यात त्रिवी स्नातकोत्तर गरि अमेरिकाको प्रख्यात बिस्व बिधालय देखि पिएचडी हासिल गरेका अर्जुन बन्जाडेले अध्यक्ष पदमा आफ्नो उमेदवारी दर्ता दिएका छन् । 

उनको अपिल यस्तो छ:- 

——————————-
आदरणीय अमेरिका बासी मेरा नेपाली दाजु भाइ तथा दिदी बहिनी, शुभचिन्तक साथीहरू, सामाजिक अभियन्ता, बुद्धिजीवी वर्ग, पत्रकार तथा सञ्चार कर्मी हरूमा हार्दिक नमस्कार !

विगत एक वर्ष देखी हामी सबैको साझा र आधार संस्था गैर-आवासीय नेपाली सङ्घ, राष्ट्रिय समन्वय परिषद्, अमेरिकाको     विभिन्न तहमा रहेर निरन्तर र निःस्वार्थ सेवा गरेको कुरा यहाँहरू सबैलाई अवगत नै छ । म  २०१५ - २०१७ मा एनआरएनए को टास्क फोर्समा कार्यरत हुँदा नै मैले आफ्नो तर्फबाट यस संस्था मार्फत केही योगदान दिन सक्ने कुराको बोध गरी संस्था मा सक्रिय रूपमा लागेको थिए र यहाहरु कै अमूल्य भोट र विश्वासले गर्दा २०१७-२०१९ मा बोर्ड अफ डाइरेक्टर को पोस्टमा रही काम गर्ने मौका पाएको थिए । बोर्ड अफ डाइरेक्टर को रूपमा सेवा गर्ने कर्ममा मेरो जिम्मेवारी अन्तर्गतको अमेरिकी मूलधारको राजनीतिमा नेपाली समुदायको समावेश र संलग्नताका लागि उल्लेखनीय भूमिका निभाउन सकेको थिए । त्यस्तै पछिल्लो दुई वर्ष एनआरएनएको वरिष्ठ उपाध्यक्ष पदमा रही काम गर्ने क्रममा संस्था र समुदायको हितमा विभिन्न कार्यक्रम गर्ने अवसर पाउँदा र महामारीका बिचमा पनि संस्था को बलियो र प्रत्यक्ष उपस्थिति महसुस गर्न पाएको भन्ने जस्ता यहाँहरूका टिप्पणी र उच्च मूल्याङ्कनले थप हौसला र ऊर्जा थप्नुका साथै यो निरन्तरको यात्रामा अझ क्रियाशील हुन अभिप्रेरित गरेको छ। सङ्घका मूल उद्देश्य प्राप्तिका धेरै सपनाहरू, प्रवासी नेपालीहरूका अधिकार र पहिचानका सवालहरू मैले मेरो घोषणापत्र मा उठान गरेको छु र तिनै लक्ष्य प्राप्ति का लागि म निरन्तरको यात्रामा छु । त्यही यात्राको निरन्तरता का लागि यो पटक गैर-आवासीय नेपाली सङ्घ राष्ट्रिय समन्वय परिषद्, अमेरिकाको आसन्न निर्वाचनमा अध्यक्ष पदको लागी उम्मेदवारी दर्ता गरेको विनम्र जानकारी गराउन चाहन्छु ।  

एनआरएनएको वरिष्ठ उपाध्यक्ष को हैसियतले सेवा गर्ने क्रममा मैले सङ्घ को मूल उद्देश्यलाई अझै गहिरिएर अध्ययन गर्ने, अन्य देशका गैर-आवासीय सङ्घका कार्यहरू अध्ययन गर्ने, तथा विज्ञहरू र सरोकारवालाहरू सँग निरन्तर रचनात्मक छलफल गर्ने अवसर पनि पाएको थिए जसले मलाई आगामी दिनमा मार्ग प्रशस्त गर्ने छ भन्ने मैले विश्वास लिएको छु । विगतमा पनि गैर-आवासीय नेपालीहरूको हक हित एवं समस्याको समाधानका लागी कटिबद्ध रहँदै संस्था को सर्वोपरि हित निम्ति त्याग, एकता, सामूहिकता, र सहकार्यका लागी सधैँ प्रयत्नरत रहेको कुरा यहाहरु लाई अभगत नै छ ।  

आगामी निर्वाचनमा पनि हजुरहरूको साथ र समर्थनको अपेक्षा राख्दै हजुरहरूका सल्लाह, सुझाव र चासोप्रति सचेत रही मेरो अध्ययन, ज्ञान, क्षमता, र कार्य अनुभवको अधिकतम प्रयोग गर्दै सस्थालाई अझै सुदृढ, पारदर्शी, विश्वसनीय बनाउँदै सस्थाको मूल लक्ष्यमा केन्द्रित हुन सधैँ प्रेरित भई रहने छु भन्ने पुनः विश्वास दिलाउन चाहन्छु । 

अन्तमा, मेरो उम्मेद्बारीको प्रस्तावक र समर्थक क्रमशः डा अमोद पोख्रेल र भरत प्रसाद अर्याल प्रति आभार  प्रकट गर्दछु । 

जय एन आर एन ! 

अर्जुन बन्जाडे 
गैर-आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद्, 
अमेरिका को आसन्न निर्वाचनमा अध्यक्ष पदको प्रत्याशी

अन्य समाचारहरु