छत्रदेव गाउँपालिकाले बाँदर भुलाउन जङ्गलमै फलफूल खेती गर्दै, छत्रदेवबासीको मन जित्दै पोख्रेल

छत्रदेव गाउँपालिकाले बाँदर भुलाउन जङ्गलमै फलफूल खेती गर्दै, छत्रदेवबासीको मन जित्दै पोख्रेल


अर्घाखाँचीडट्कम संवाददाता

छत्रदेव अर्घाखाँची (अर्घाखाँचीडट्कम)  । अर्घाखाँची जिल्लाको  छत्रदेव गाउँपालिकाले बाँदर भुलाउने उपायको लागि जङ्गलमै फलफूल खेती गर्ने भएको छ ।


छत्रदेव गाउँपालिकाले बाँदर, बँदेलले बालीनाली नोक्सान पु¥याएर कृषक हैरान भएपछि विकल्पस्वरुप सामुदायिक वनमा फलफूल खेती गर्ने भएको हो ।

बालीनाली नोक्सान गर्ने मात्र नभई महिला तथा केटाकेटीलाई आक्रमण गर्न थालेपछि बाँदर आतङ्कबाट बच्न फूलफूल खेती गर्न लागिएको छत्रदेव गाउँपालिकाको भनाई छ । बन्दुक, गुलेलीले हिर्काए पनि आहारा नपाए बस्तीमा आउन छाड्दैनन् दीर्घकालिी बाँदर आतङ्कको समाधानको लागि जङ्गलमा बाँदरले खाने फलफूलका बिरुवा हुर्काउनुको विकल्प छैन्, फलफूलका पुराना रुखहरु मासिन थाले, मकै खेती पनि गर्न छाडेपछि बाँदर घर घरमा आएर आतङ्क मञ्चाउन थालेकोले सामुदायिक वनमा फलफूल खेती शुरुवात गरिने गाउँपालिकाले बताएको छ ।

उता जङ्गलमा खानेकुरा पाउन छाडेपछि बस्तीमा पसेर खेती नष्ट गर्ने, अन्नवाली खोज्न घरघर चाहार्ने गरेकोले बाँदरबाट कृषक हैरान भएकोले जङ्गलमै भुलाउन फलफूल खेती गर्ने योजना स्वागतयोग्य रहेको डिभिजन वन कार्यालय अर्घाखाँचीको बताएको छ । साथै डिभिजन वन कार्यालय अर्घाखाँचीले यसका लागि सहयोग गर्ने समेत बताएको छ ।


मानव र वन्यजन्तुबीचको द्वन्द्व न्यूनीकरणको लागि फलफूलका बिरुवा चिउरी, कटहर, जामुन, बेलाैती (अम्बा), अमला, काफल, चेरी, बडहर, लप्सी, वर्रा, टिमुर, आँपका विरुवा लगाइने छ ।

चर्चित योजना ल्याएर छत्रदेवबासीको मन जित्दै पोख्रेल

बाँदर, बँदेललाई नियन्त्रण गर्ने उद्देश्यले जङ्गलमा फलफूल खेती गर्ने र सामुदायिक वनमा बहुमूल्य जडीबुटी लगाउने  जस्ता कार्यक्रम पनि बजेटमा उल्लेख गरिएको गाउँपालिका अध्यक्ष लेखनाथ पोख्रेलले जानकारी दिनु भयो  । अध्यक्ष पोख्रेलले खरको छाना मुक्त, छत्रदेवलाई मासु, अण्डा र दुधमा आत्मनिर्भर बनाउने ‘आफ्नै घर रोजगारीको भर’ भन्ने, बादर धपाउने यन्त्र गन, विषयगत शिक्षकलाई विद्यार्थीको नतिजाको आधारमा पुरस्कृत गर्ने तथा विद्यार्थीको गुनासो सुन्न विद्यार्थी गुनासो पेटिका राख्ने, छत्रदेवको सान सुन्दर शान्त र समृद्ध गाँउपालिका हाम्रो अभियान लगायतका चर्चित योजना ल्याएर स्थानियबासीको मन जितेका छन् । भने उनको जिल्ला भित्र र बाहिर चर्चा हुँदै आएको छ ।


गाउँपालिकाले आर्थिक बर्ष २०७८/ ७९ को लागि रु ६७ करोड ५१ लाख ७७ हजार बराबरको बजेट प्रस्तुत गरेको छ । जसमा कृषि र पशुपालनमा ९२  लाख बिनियोजन गरेको छ ।

गाउँपालिकाले कृषि र पशुपालनमा ९२  लाख बाहेक बजेटमा स्वास्थ्यमा १ करोड ७९ लाख ,शिक्षामा  ८८ लाख ,खानेपानीमा १ करोड ६९ लाख ,संस्कृति र प्रर्यटन प्रवर्द्धन तर्फ १ करोड ८४ लाख बजेट बिनियोजन गरेको छ ।

You might also be interested in:


अन्य समाचारहरु