करदाता शिक्षा तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न ।

करदाता शिक्षा तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न ।

- रुद्रमणी भुसाल 

अर्घाखाँचीको सन्धिखर्क नगरपालिकामा करदाता सेवा कार्यालयको समन्वय र उद्योग बाणिज्य संघको  आयोजनामा कारदाता शिक्षा तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।  

सन्धिखर्क नगरपालिकाको ब्यपस्थापनमा भएको कार्यक्रममा सन्धिखर्क नगरपालिकाका प्रमुख कृष्ण प्रसाद श्रेष्ठले सबै उद्योगी ब्यवसायीलाई अनिबार्य रुपमा करको दायरामा आउन आग्रह गनु भयो । उहाँले ब्यवसायीलाई करको नितिनियम बुझेर ब्यापार गर्न आग्रह गदै पसलहरु नगरपालिकामा दर्ता गरेर संचालन गर्न अनुरोध  गनुभयो ।  

कार्यक्रममा उद्योग बाणिज्य संघका पुर्व अध्यक्ष युबराज श्रेष्ठ , चेम्बर अफ कमसअर्घाखाँचीका अध्यक्ष अशोक श्रेष्ठ ,नेपाल पत्रकार महासघंका जिल्ला कोषाध्यक्ष रुद्रमणि भुसाल , लगायतले मनतब्य राख्नु भएको थियो ।   

करदाता  शिक्षा कार्यक्रममा कारदाता सेवा कार्यालय अर्घाखाँचीका प्रमुख कमल सुबेदीले आयकर मुल्य अभिबृद्धि कर   अन्तरशुल्क कर आर्थिक बिधेक २०७९  लगायतका बिषयमा प्रशिक्षण दिनु भएको भएको थियो  । कार्यक्रममा सन्धिखर्कमा संचालित उद्योगी ब्यवसायी गरि कारिब २ सय जनाको सहभागिता रहेको थियो । 

कार्यक्रम उद्योग बाणिज्य संघका महासचिब तुल्सीराम खनालको संचालन ,राम प्रसाद भुसालको स्वागत मनतब्य , र उद्योग बाणिज्य संघका अध्यक्ष प्रदिप मिश्रको अध्यक्षतामा सम्पन्न भएको हो । 

अन्य समाचारहरु