सवारी दुर्घटनामा सह प्रा.डा शंकर भण्डारी को निधन

सवारी  दुर्घटनामा सह प्रा.डा शंकर भण्डारी को निधन


माधव खनाल 

बुटवल । त्रिभुवन विश्‍वविद्यालय खेलकुद निर्देशनालयका निर्देशक  सह प्राध्यापक डा शंकर भण्डारीको बुटवलमा कार दुर्घटनामा परी मंगलबार साँझ निधन भएको छ। 

रुपन्देहीको देवदह १० चरङ्गेबाट बुटवलतर्फ आउँदै गर्दा आफैले चलाएको बा १७ च ६०६६ नम्बरको कार दुर्घटनामा परी मृत्यु भएको लुम्बिनी प्रादेशिक ट्राफिक प्रहरी कार्यालय बुटवलका प्रहरी नायव उपरीक्षक डिल्ली नारायण पाण्डेले जानकारी दिए ।

अन्दाजी ५०/५२ वर्षका भण्डारीसहित उनका आफन्ती थानेश्वर भण्डारी सवार कार बुढाबास भन्ने स्थामा रहेको कल्भर्टबाट खसेको थियो । दुर्घटनापछि गम्भीर घाईते भण्डारीलाई उपचारका लागि बुटवल अवस्थित गौतमबुद्ध सामुदायिक मुटु अस्पतालमा ल्याएकोमा चिकित्सकहरुले मृत घोषणा गरेका थिए । 

आज साझ करिब साढे ८ बजे भएको सो सवारी दुर्घटनामा परेका थानेश्वरको भने अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।                                                                                            
समाजशास्त्रमा पीएचडी गरेका भण्डारी झन्डै डेढ दसकदेखि प्रध्यापनमा संलग्‍न थिए। त्रिबि अनुगमन निर्देशनालयको उपनिर्देशक समेत काम गरेका भण्डारी ४ बर्षसम्म त्रिभुवन विश्वविद्यालय परिक्षा नियन्त्रण कार्यालयमा सह-नियन्त्रकको रुपमा काम गरेका थिए। भण्डारी ७ बर्षसम्म त्रि-चन्द्र कलेज घण्टाघरमा सहायक क्याम्पस प्रमुखको रुपमा कार्यरत रहेका थिए।                                                                                                                                                                
डा.भण्डारी काङ्ग्रेस नेता चन्द्र भण्डारी का सहोदर भाइ हुन।
सवारी  दुर्घटनामा सह प्रा.डा शंकर भण्डारी को निधन

अन्य समाचारहरु