ठाडामा शितगंगा नगरपालिकाको आर्थिक बर्ष २०७७/०७८ को बार्षिक समिक्षा कार्यक्रम सम्पन्न

ठाडामा शितगंगा नगरपालिकाको आर्थिक बर्ष २०७७/०७८ को बार्षिक समिक्षा कार्यक्रम सम्पन्न


विक्रम आचार्य

ठाडा, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको ठाडामा शितगंगा नगरपालिकाले आर्थिक बर्ष २०७७/०७८ को बार्षिक समिक्षा कार्यक्रम सम्पन्न गरेको छ । सामुदायिक भवन डमरु दहको भवनमा आर्थिक वर्ष २०७७/०७८ को वार्षिक प्रगति समिक्षा गोष्ठी गरिएको छ ।


गत आर्थिक वर्षमा नगरपालिकाबाट भएका विकास तथा सामाजिक समुदायको स्तर माथि उकास्न गरीएका सम्पूर्ण गतिविधिको जानकारी उपस्थित महानुभावहरुलाई गराईएको थियो ।

वार्षिक समिक्षा कार्याक्रममा विभिन्न राजनैतीक दलका प्रमुख तथा प्रतिनिधि, संस्थाका प्रतिनिधिहरु, सरोकारवाला, समाजसेवी, पत्रकार, बुद्धिजिवी लगायतको सक्रिय सहभागिता रहेको थियो ।

कार्यक्रममा नेकपा एमालेको तर्फबाट नगर कमिटी अध्यक्ष वसन्त श्रेष्ठ, नेपाली कांग्रेसबाट नगर समिती उपसभापति विष्णु राज वेल्वासे, माओवादी केन्द्रबाट नगर कमिटि अध्यक्ष मणिराम अधिकारी र नेकपा एकिकृत समाजवादीबाट केन्द्रिय कमिटि सदस्य पिताम्बर सारु लगायतको उपस्थिती रहेको थियो ।


कार्यक्रममा हेफर इन्टरनेशलसंगको साझेदारी कार्यक्रमको प्रतिवेदन केशब भुसालले गर्नुभएको थियो । शिक्षा तर्फको शिक्षा साखा प्रमुख नागेन्द्र प्रसाद नेपालले प्रगति विवरण प्रस्तुत गर्नुभएको थियो । स्वास्थ्यको तर्फबाट स्वास्थ्य शाखा उपसयोजक दामोदर ढकालले प्रस्तुत गर्नु भएको थियो । कृषिको तर्फबाट साखा प्रमुख अनिल शर्माले प्रस्तुत गर्नु भएको थियो । पशु विकाशको प्रतिवेदन शाखा प्रमुख गणेश थापाले प्रस्तुत गर्नुभयो । रोजगार शाखाको प्रतिवेदन शाखा प्रमुख नरमाया शुवेदीबाट प्रस्तुत भएको थियो भने राजस्वको प्रतिवेदन योजना प्रमुख नुमलाल खनालबाट प्रस्तुत भएको थियो ।

कार्यक्रममा बोल्दै नेकपा एकृकित समाजबादिका नेता पिताम्वर सारुले वाल विकाश र विद्यालय कर्मचारीको तलब राज्यले तोके बमोजिम हुनुपर्ने नगरले सम्बोधन गर्नुपर्ने, प्रधानमन्त्री रोजगार कार्यक्रमको प्रतिवेदन अनुसार फिल्डमा काम नभयको, ५ जना वडा अध्यक्षलाई समेट्ने बाटो अमराई जलुके भालुवाङ् सुधार कहिले हुने भन्दै प्रश्न गर्नु भयो ।

कार्यक्रममा बोल्दै माओवादी केन्द्रका नेता मणि अधिकारीले स्थानीय सरकार आयको ४ वर्ष वितिसक्दा पनि अवस्था उस्तै हुनु दुरभाग्य भयको १ किमि वाटो पिच नहुनु दुःखको कुरा भयको दुखेसो पोख्दै विना अनुगमन जस्ता दिदा वास्तविक विपन्नको घरमा भने खरको छाना भ२ेको दावि गर्नु भयो ।

कार्यक्रममा नेपाली कांग्रेसका नगर समिति उपसभापति विष्णु राज वेल्वासेले जनतासंग प्रतक्ष जोडियको जनता आवाश फ्रिज हुनु दुखदायी भएको र आगामी समयमा समयमै काम गर्न सुझाव दिनु भयो ।

कार्यक्रममा बोल्दै नेकपा एमालेका नेता वसन्त श्रेष्ठले शितगंगामा प्रसस्त सार्वजनिक सम्पति रहेको तर सदुपयोग विना खेरगयकाले त्यसवाट हुने आम्दानी बाट समृद्ध नगरपालिका बनाउन सकिने सुझाव दिनुभयो ।

उपप्रमुख टिका रेश्मीले कार्य सम्पादन मुल्याङ्कनमा हाम्रो पालिका राम्रो नतिजामा रहेको राम्रो कामलाई राम्रो भन्न नसकिको मात्र भयको केन्द्रीय पहुचमा नहुदा अलिकति कठिनाई भयको बताउनु भयो ।

समग्र रूपमा उठेका गुआशाको जवाफ दिदै नगर प्रमुख सूर्य प्रसाद अधिकारीले सुझावलाई आत्मसाथ गर्दै सबै राजनितिक दलसंग सहकार्य गर्दै समृद्ध नगर शितगंगा बनाउन अगाडी बढ्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

कार्यक्रममा सम्पुर्ण वडाका अध्यक्ष कार्यपालिका सदस्य लगायतको उपस्थिति नगर प्रमुख सूर्य प्रसाद अधिकारीको अध्यक्षता प्रमुख प्रसासकिय अधिकृत प्रेम के सीको स्वागत मन्तब्य योजना साखा प्रमुख नुमलाल खनालको सन्चालनमा सम्पन्न भयको थियो ।

अन्य समाचारहरु