शितगंगा नगरस्तरीय मेयर कप खेलकुद प्रतियोगिता शुरु (तस्बिरहरु)

शितगंगा नगरस्तरीय मेयर कप खेलकुद प्रतियोगिता शुरु  (तस्बिरहरु)

अराज बेल्बासे 

ठाडा, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । “शितगंगाको सान खेलमैत्री नगर हाम्रो पहिचान” भन्ने मुल नाराका साथ शितगंगा नगरपालिकामा मेयरकप खेलकुद प्रतियोगिता हिजोबाट सुरु भएको छ । 


शितगंगा नगरस्तरीय खेलकुद समितिको आयोजनामा यहि फागुन २९ गते देखि शितगंगा नगरपालिकाको खेल मैदान रजियामा खेलकुद सञ्चालन भएको हो ।

खेलकुदको आइतबार भब्य समारोहका बिच समुद्धघाटन गरिएको छ । नगर प्रमुख सुर्य प्रसाद अधिकारी, प्रमुख प्रशासकिय अधिकृत झबिन्द्र खनाल बिभिन्न शाकाका प्रमुख बिभिन्न संघ सस्थाका प्रतिनिधीहरुको उपस्थितमा कार्यक्रमको शुभारम्भ भरिएको हो ।


प्रतियोगिताको नगर प्रमुख सुर्य प्रसाद अधिकारीले दियोबाले उद्धघाटन गर्दै नगरपालिकामा खेलाडी उत्पादन गर्ने र खेल क्षेत्रको बिकास गर्न यस्ता खेलकुद हरु आयोजना गरिएको बताउनु भयो । शितगंगा नगरपालिकाले बिभिन्न खेलकुद प्रतियोगित तर्फ गरि हजारौ खेलाडी सहभागी हुने बताउनु भयो । रनिङशिल प्रतियोगितामा मेयरकपर उपमेयर कप गरि दजर्नौ बिधामा खेलकुद सञ्चालन भइरहेका छन ।


प्रतियोगितामा पुरुष तथा महिला भलिवल प्रतियोगिता ,पुरुष तथा महिला ८ सय र ४ सय मिटर दौड प्रतियोगिता सञ्चालन हुन लागेको हो । खेलमा पुरुष भलिवल तर्फ प्रथम पुरस्कार ५० हजार ,दोस्रो पुरस्कार ३० हजार, तेस्रो पुरस्कार २० हजार र शान्तवना पुरस्कार १० हजार रहेको छ । महिला भलिवल तर्फ प्रथम १० हजार ,दोस्रो ५ हजार तेस्रो ३ हजार रहेको छ ।

दौड तर्फ ८ सय मिटर पुरुष तर्फ प्रथम ५ हजार, दोस्रो ३ हजार र तेस्रो २ हजार रहेको छ भने महिला तर्फ ८ सय मिटरमा प्रथम पुरस्कार प्रथम ५ हजार ,दोस्रो ३ हजार र तेस्रो २ हजार पुरस्कार रहेको छ । यस्तै पुरुष र महिला ४ सय मिटर तर्फ प्रथम ३ हजार , दोस्रो २ हजार र तेस्रो १ हजार रासीको पुरस्कार रहेको छ । खेलकुदमा उत्कृष्ट खेलाडी ,अनुशाशित खेलाडि, हरुलाइ समेत पुरस्कृत गरिनेसमितिका अध्यक्ष मान बहादुर सिंजापतीले जानकारी दिनु भयो ।

अन्य समाचारहरु