ढिकुराकी १३ वर्षिया किशोरी बेपत्ता

ढिकुराकी १३ वर्षिया किशोरी बेपत्ता


अर्घाखाँचीडट्कम संवाददाता 

ढिकुरा, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको भुमिकास्थान नगरपालिका वार्ड नम्बर ९ ढिकुराकी किशोरी बेपत्ता भएकी छिन् । 


ढिकुराका बाबुराम पोख्रेलकी १३ वर्षिया साबित्रा पोख्रेल शुक्र्बार दिउँसो करीब २ बजेदेखि बेपत्ता भएकी हुन् ।

बर्ण गहुगोरो उचाई अन्दाजी ४ फिटकी साबित्रा ढिकुराको श्री शारदा माबी ढिकुरामा कक्षा ९ मा अध्ययनरत छिन् । उनले साथीकोमा किताब छोड्न जान्छु भनेर हिंडेकी थिइन् । साबित्रा अहिलेसम्म सम्पर्कमा नआएको भन्दै परिवारले खोजी दिन सबैमा अनुरोध गरेको छ । 

साथै कसैले देखेमा बुवा बाबुराम पोख्रेल ९८४७२३५०७७ अर्थात निजको काका दिनेश पोख्रेल ९८६७०१४५४५ वा नजिकैको प्रहरी चौकी अथवा जिल्ल प्रहरी कार्यालय अर्घाखाँचीको सम्पर्क नम्बर ०७७४२०१०० नम्बरमा सम्पर्क गर्न  सकिने छ ।      

अन्य समाचारहरु