दुई दशक लामो प्रतीक्षापछि मेलम्चीको पानी काठमाडौंको सुन्दरीजलमा आइपुग्यो

दुई दशक लामो प्रतीक्षापछि मेलम्चीको पानी काठमाडौंको सुन्दरीजलमा आइपुग्यो

काठमाडौं, २२ फागुन – मेलम्ची खानेपानी आयोजनाको पानी आज सुन्दरी जल आइपुगेको  छ । दुई दशक लामो प्रतीक्षापछि मेलम्ची खानेपानी आयोजनाको पानी काठमाडौंमा आइपुगेको  हो।

आयोजनाको मुहानबाट सुरुङमा परीक्षणका लागि छाडिएको पानी आज सुन्दरी जलस्थित प्रशोधन केन्द्रमा झरेको हो ।

मेलम्चीको पानी सुन्दरी जलमा झरेपछि प्रधानमन्त्री केपी शर्मा ओली अवलोकन गर्न सुन्दरीजल पुग्नुभएको छ ।  ।

प्रधानमन्त्रीले अहिले बटन दबाई जल प्रभाको  शुभारम्भ गर्नुभएको छ  ।

यही फागुन १० गते मेलम्ची खानेपानी आयोजनाको मुहानबाट सुरुङमा परीक्षणका लागि पानी छोडिएको थियो । 

आयोजना निर्माण थालिएको करिब दुई दशकपछि सिन्धुपाल्चोकस्थित मेलम्ची नदीको पानी सुरूङ हुँदै शनिबार काठमाडौंस्थित सुन्दरीजलमा आइपुगेको छ।

मेलम्चीको पानी सुन्दरीजल आगमनको अवसरमा आयोजित विशेष कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले बटन थिचेपछि मेलम्चीको पानी सुन्दरीजलमा झरेको हो।

आयोजनाको मुहानबाट सुरूङमार्ग साढे २६ किलोमिटर लामो छ।

आयोजनाले परीक्षणका लागि फागुन १० गते सुरूङमा पानी छाडेको थियो। यसअघि गएको असारमा पहिलोपटक गरिएको परीक्षण असफल भएको थियो।  

सुरूङ हुँदै आएको मेलम्चीको पानी यही केन्द्रमा प्रशोधन गरी काठमाडौं उपत्यकामा वितरण गरिनेछ। रेडियो नेपालमा समाचार छ । 

अन्य समाचारहरु