केरुङ्गाको स्यारी खोलामा अवैध रुपमा वालुवा उत्खनन गर्ने ट्याक्टर प्रहरी नियन्त्रणमा

केरुङ्गाको स्यारी खोलामा अवैध रुपमा वालुवा उत्खनन गर्ने ट्याक्टर प्रहरी नियन्त्रणमा


अर्घाखाँचीडट्कम संवाददाता
 
केरुङ्गा, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको छत्रदेव गाउँपालिका वार्ड नं. ४ केरुङ्गाको स्यारी खोलामा प्रहरीले अवैध रुपमा वालुवा उत्खनन गर्ने ट्याक्टरलाई नियन्त्रणमा लिएको छ ।  


केरुङ्गाको स्यारी खोलामा सोमबार प्रहरीले अवैध रुपमा वालुवा उत्खनन गर्ने लु४ त २०२८ नम्बरको ट्याक्टरलाई नियन्त्रणमा लिएको हो ।  

अवैध रुपमा वालुवा उत्खनन गरी रहेको अवस्थामा ट्याक्टर र चालकलाई नियन्त्रणमा लिई छत्रदेव गाउँपालिकालाई बुझाएको थियो ।

उक्त ट्याक्टरलाई ५ हजार रुपैया समेत  राजश्व जरीवाना गरिएको बताइएको छ ।

अन्य समाचारहरु