चेन्डाँडा, झेडीबजार डिभर्ना, सल्लिकोट, अर्घाकोटारी, नौलापानीका ४२ वटा पसलको अनुगमन, ७०% बिना अनुमती संचालन

चेन्डाँडा, झेडीबजार डिभर्ना, सल्लिकोट, अर्घाकोटारी, नौलापानीका ४२ वटा पसलको अनुगमन,  ७०%  बिना अनुमती संचालन


रुद्रमणि भुसाल 

डिभर्ना, अर्घाखाँची ।  अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिकाको आयोजनामा चेन्डाँडा, झेडीबजार डिभर्ना , सल्लिकोट , अर्घाकोटारी ,नौलापानी  लगयातमा रहेका किरानापसल ,  हार्डवर , फेन्सी र होटलहरु गरि ४२ वटा पसलको अनुगमन गरिएको छ । 


अनुगमनको क्रममा पसलहरुबाट मिति गुज्रिएका चिजबल भुजा ,  म्यादनागेको  फेन्टा खाद्यबस्तु , किराना पसलमा राखेको मदिरा र अबैध रुपमा बिक्री गदै आएको पट्रोल लगायतका सामग्री  जफत गरि जिल्ला प्रशासनको हाताभित्र नष्ट गरिएको छ । 


अनुगमनको क्रममा पसलहरुको दर्ता नै नगरि मदिरा पसल संचालन गरेको , अधिकांसमा मुल्यसुचि नै नभएको पाइएकोले एकहप्ताभित्र सबन्धित ठाउँमा गइदर्ता गर्न आग्रह गरिएको सन्धिखर्क नगरपालिकाका बजार अनुगमन संयोजक जीबनारायण अचार्यले जानकारी दिनुभयो । केहि पसलमा खुल्ला रुपमा बिक्रीका लागि राखेको   पट्रोल जफत गरी तत्काल बिक्री बितरण गर्न रोक लगाइएको छ ।


  बजार अनुगमनमा जिल्ला प्रशासन कार्यालयका प्रतिनिधि कृष्ण प्रसाद अचार्य , पशुसाखा प्रमुख  नारायण खनाल ,अमिन  रमेश खडायत, जिल्ला प्रहरी कार्यालयका प्रतिनिधि कृष्ण बहादुर तमाङ्ग,उद्योग बाणिज्य संघ जिल्ला सदस्य रुद्र प्रसाद श्रेष्ठ , चेम्बरअफ कमसका महासचिब प्रकाश भुसाल, नेपाल पत्रकार महासंघका कोषाध्यक्ष रुद्रमणि भुसाल लगायतको सहभागिता रहेको थियो ।


 अनुगमनको क्रममा ७० प्रतिशत पसलहरुले सन्धिखर्क नगरपालिकाको वडाहरुमा पसल संचालन गर्न अनुमति नै नलिइ संचालन गरेको अनुगमन समितिका सदस्य जिल्ला  कृष्ण प्रसाद अचार्य जानकारी दिनु भयो ।

अन्य समाचारहरु