सुदूरपश्चिममा भारी हिमपात, जनजीवन कष्टकर

सुदूरपश्चिममा भारी हिमपात, जनजीवन कष्टकर
सुदूरपश्चिमका पहाडी जिल्लाका विभिन्न स्थानमा बुधबार रातिदेखि हिमपात सुरु भएको छ। डडेल्धुरा, बैतडी, बझाङ, डोटी, बाजुरा र दार्चुला जिल्लाका उच्च लेकाली भेगमा हिमपात सुरु भएसँगै चिसो बढेको हो। 

सुदूरपश्चिमका सात पहाडी जिल्लामध्ये दार्चुलाका विभिन्न  क्षेत्रमा राती देखि हिमपात सुरु भएपछि जन जिवन कष्टकर बनेको छ। हिमपातले एक्कासि बढेको चिसोका कारण विशेष गरी वृद्ध वृद्धा, बालबालिका तथा गरिखाने वर्ग बढी प्रभावित भएका छन्। 

दार्चुलाका उच्च हिमाली क्षेत्र ब्यास, नौगाड,अपि हिमाल, न्वालपानी, दल्लेख लगायतका क्षेत्रमा हिमपात परेको ब्यास गाउँ पालिकाका स्थानीय पदमराज भट्टले बताए। उनले भने, 'हिजो अस्तिदेखि चिसो अत्याधिक बढेको थियो चिसो बढे सँगै हिमपात परेको छ। अब चिसोले गर्दा विद्यालय समेत २ हप्ताकोलागी बन्द गर्नुपर्ने स्थिति आएको छ। 

ब्यास गाउँपालिकाको -३ को सीना तुसरपानी, वडा नम्बर २ को राप्ला, दुम्लीङ, वडा नम्बर ४ को सुन्सेरा, डोकट, वडा नम्बर ५ को धौलाकोट, वडा नं ६ को हुती लगायतका बस्तीहरुमा हिउँ परेको छ। कालापानी नजिकको क्षेत्र वडा नम्बर १ छाङरु र तिंकरमा भारी हिमपात भएको छ। हिउँदमा भारी हिमपात हुने छाङरु र तिंकरका स्थानीय बासिन्दा मंसिर महिनामा नै दार्चुला सदरमुकाम खलंगा झरिसकेका छन्। -अनलाइन मिडिया 
सुदूरपश्चिममा भारी हिमपात, जनजीवन कष्टकर

अन्य समाचारहरु