अर्घाखाँचीमा आज आईतबार ५ जनाले कोरोना जिते, ४ जना संक्रमित थपिए ( सम्पूर्ण विवरण सहित)

अर्घाखाँचीमा आज आईतबार ५ जनाले कोरोना जिते, ४ जना संक्रमित थपिए ( सम्पूर्ण विवरण सहित)


अर्घाखाँचीडट्कम संवाददाता 

सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लामा पछिल्लो २४ घण्टामा थप ४   जना कोरोना संक्रमित थपिएका छन् ।


जिल्लामा आजसम्म सक्रिय कोरोना संक्रमितको संख्या ५२ जना पुगेको छ । जसमा सन्धिखर्क नगरपालिकामा २८ जना, भूमिकास्थान नगरपालिकामा ९ जना,  शितगंगा नगरपालिकामा ३ जना,  मालारानी गाउँपालिकामा ९,        पाणिनी गाउँपालिकामा १  र छत्रदेव गाउँपालिकामा २ जना संक्रमित रहेका छन् । 

जिल्लामा गत वर्षदेखि आजसम्म संक्रमितको संख्या ४३९७ जना पुगेको छ । जसमा सन्धिखर्क नगरपालिकामा १९३१  जना, भूमिकास्थान नगरपालिकामा ७४६   जना,     शितगंगा नगरपालिकामा ४३७ जना,       मालारानी गाउँपालिकामा ५५० जना,  पाणिनी गाउँपालिकामा ४३३ जना  र छत्रदेव गाउँपालिकामा ३००   जना संक्रमित रहेका छन् ।   

साथै पछिल्लो २४ घण्टामा जिल्लाभर ५ जनाले कोरोना जितेका छन् । जिल्लामा गत वर्षदेखि आजसम्म  ४२६० जनाले कोरोना जितेका छन् ।  जसमा सन्धिखर्क नगरपालिकामा १८७५  जना, भूमिकास्थान नगरपालिकामा ७२२  जना,  शितगंगा नगरपालिकामा ४२१  जना,   मालारानी गाउँपालिकामा ५२७ जना,    पाणिनी गाउँपालिकामा ४१९  जना   र छत्रदेव गाउँपालिकामा २९४  जनाले कोरोनालाई जितेका हुन् ।

यस्तै जिल्ला प्रशासन कार्यालयका अनुसार काेराेना संक्रमणका कारण जिल्लामा गतवर्षदेखि हालसम्म ८५ जनाको ज्यान गएको छ । जसमा सन्धिखर्क नगरपालिकामा २८  जना, भूमिकास्थान नगरपालिकामा १५,    शितगंगा नगरपालिकामा १ जना आत्महत्या सहित १३,     मालारानी गाउँपालिकामा १४, पाणिनी गाउँपालिकामा ११   र छत्रदेव गाउँपालिकामा ४ जना संक्रमित रहेका छन् ।

आईतबारको कोरोना विवरण यस्तो छ:

अन्य समाचारहरु