चिदिकामा अनुमति नलिई ढुङ्गा बोक्ने २ टयाक्टर प्रहरी नियन्त्रणमा

चिदिकामा अनुमति नलिई ढुङ्गा बोक्ने २ टयाक्टर  प्रहरी नियन्त्रणमा


अस्लम अली | अर्घाखाँचीडट्कम संवाददाता 

सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको छत्रदेव गाउँपालिका वार्ड नम्बर १  चिदिकामा बिना अनुमति ढुङ्गा बोक्ने २ टयाक्टरलाई प्रहरी नियन्त्रणमा लिएको छ । 


चिदिकामा बुधवार बिना अनुमति ढुङ्गा बोक्ने लु २ त ५१७९ र लु ३ त ४९६१ नंम्बरका २ टयाक्टरलाई प्रहरी नियन्त्रणमा लिएको हो । 

प्रहरी चौकी बलकोटमा दाखिला भई आवश्यक कारबाहीको लागि छत्रदेव गाउँपालिकाको वार्ड कार्यालयमा पठाइएकोमा प्रति ट्याक्टर रु. १०,०००।-(रु.दश हजार) गरि जम्मा रू.२०,०००।– (रु बिस हजार) जरिवाना भएको प्रहरीले बताएको छ । 


अन्य समाचारहरु