सन्धिखर्क - ८ किमडाँडाका वडाअध्यक्ष ईश्वरी भुसालको स्वास्थ्य अवस्था जटिल, काठमाडौं लगियो

सन्धिखर्क - ८ किमडाँडाका वडाअध्यक्ष ईश्वरी भुसालको स्वास्थ्य अवस्था जटिल, काठमाडौं लगियो


अर्घाखाँचीडट्कम संवाददाता

सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । काेराेना संक्रमित अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका वार्ड नं. ८ किमडाँडाका वडाअध्यक्ष ईश्वरी प्रसाद भुसालको स्वास्थ्य अवस्था जटिल भएपछि काठमाडौं लगिएको छ ।


गत हप्ताको अन्त्य तिर काेराेना संक्रमित भएका वडाअध्यक्ष ईश्वरी प्रसाद भुसालको श्वास-प्रस्वासमा समस्या भएपछि बुधवार साझँ ५ बजे हेलिकप्टर मार्फत काठमाडौं लगिएको हो ।

भुसाल संक्रमण भए लगतै साउन ३ गतेदेखि  जिल्ला अस्पताल अर्घाखाँचीको आइसोलेसनमा उपचाररत थिए ।


भुसालको श्वास-प्रस्वासमा समस्या हुनुका साथै स्वास्थ्यमा कुनै सुधार नआएपछि थप उपचारका लागि काठमाण्डाै रिफर गरिएको अस्पतालले बताएको छ ।

श्री जनता मावी किमडाडाँका प्रध्यानाध्यापक रहेका ईश्वरी प्रसाद भुसालले २०७४ सालको स्थानिय निर्वाचनमा शिक्षकबाट राजिनामा दिएर नेकपा एमालेबाट सन्धिखर्क नगरपालिका वडा नम्बर ८ बाट अध्यक्षमा विजयी भएका थिए ।

फोटो: फेसबूकबाट 

अन्य समाचारहरु