भगवतीको मडेलचौर झरना प्रचार प्रसारको अभावमा ओझेलमा

भगवतीको मडेलचौर झरना प्रचार प्रसारको अभावमा ओझेलमा


अस्लम अली 

भगवती, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाकाे छत्रदेव गाउपालिका वार्ड नम्बर ७ भगवतीको मडेलचौर झरना प्रचार प्रसारको अभावमा ओझेलमा परेको छ । 


स्थानिय निकाय कुनै चासो नदिदा तथा प्रचार प्रसारको अभावमा भगवतीको सुन्दर रमणीय मडेलचौर झरना ओझेलमा परेको हो । 

प्राकृतिक सुन्दरताले कसको मनलाई पो न लोभ्याउला र । अर्घाखाँची जिल्ला आफैमा प्राकृतिक सुन्दरताले भरिपूर्ण जिल्ला हो। यहाँका ताल, झरना, नदी, वन आदिले सबैको मनलाई आकर्षित गरिरहेको हुन्छ। त्यस्तै सुन्दरताको अनुपम नमूनाका रूपमा छत्रदेव गाउँपालिका मडेलचौरमा रहेको झरना एक हो। 

आकर्षकको केन्द्रविन्दु रहेको उक्त झरना प्रचारप्रसारको कमिले गर्दा ओझेलमा परेको त्यहाँका स्थानीयबासीले अर्घाखाँचीडट्कमलाई बताए। करिब ४० मिटरको उचाइबाट झरेको झरनालाई सम्बन्धित निकायले संरक्षण र सम्बर्द्धन गरि प्रचार गर्न सकेमा उक्त ठाउँमा आन्तरिक तथा बाहिरी पर्यटकहरुलाई भित्र्याउन सकिने निश्चित छ ।

अन्य समाचारहरु