शितगंगा नगरपालिका १ द्वारा कर्मचारीले नियम विपरीत राहत बितरण भन्ने समाचारको खन्डन

शितगंगा नगरपालिका १ द्वारा कर्मचारीले नियम विपरीत राहत बितरण भन्ने समाचारको खन्डन
सुबर्णखालको मन्द्रेमा

अर्घाखाँचीडट्कम संवाददाता 

सुवर्णखाल, अर्घाखाँची । शितगंगा नगरपालिका वार्ड नम्बर १ सुवर्णखालको वार्ड कार्यालयले शनिबार एक विज्ञप्ती जारी गर्दै संचार माध्यम तथा सामाजिक सञ्जाल मार्फत प्रकाशित भएका समाचार प्रति वडा कार्यालयको ध्यानाकर्षण भएको उल्लेख छ ।

शनिवार वडा कार्यलयमा बसेको वडा समितिको बसेको बैठकबाट जारी गरिएको विज्ञप्ती मार्फत सत्य तथ्य नबुझी भ्रमपूर्ण समाचार प्रकाशन गरेकोमा समाचार प्रकाशन गर्ने संचार माध्यम प्रति घोर भर्त्सना गर्दै वडा कार्यालयले विज्ञप्ती जारी गर्नुपरेको वडा नं. १ का अध्यक्ष बुद्धि कृष्ण पौडेलले बताए ।

वडा अध्यक्षद्वारा हस्ताक्षर विज्ञप्तिमा सर्वदलीय बैठकको निर्णयबाट नेपाल सरकार मार्फत वितरण गरिने एकद्वार प्रणाली गर्नेक्रममा १०७ घरपरिवारको नाम सिफारिस गरी नगरपालिकाको कार्यालयमा बुझाइएकोमा नेपाल सरकारको राहत वितरण नियमावली अनुसार सामाजिक सुरक्षाभत्ता वा नेपाल सरकारबाट अन्य सेवा सुविधा प्राप्त गरेका परिवारहरूको नाम समावेश नगरी सिफारिस गरेका नाममा संशोधन गर्न नगरपालिकाको कार्यालयले दिएको निर्देशनअनुसार मिति २०७६/१२/२४ गते सिफारिस गरी पठाएका नाम संशोधन गरी मिति २०७६/१२/२८ गते ८८ गते घरपरिवारको नाम सिफारिस गरी नगरपालिकाको कार्यालयमा बुझाइएको उल्लेख छ ।

उक्त विज्ञप्ती मार्फत वडाबासीलाई सम्बोधन गर्दै तत्काल राहत उपलब्ध गराउन माग गर्दा विपत व्यवस्थापन समितिले वडा नम्बर ७ बाट नाम नाआई पुगेको हुँदा वाड नं १ र ७ मा एकै पटक राहत वितरण गराउने भनेकोमा राहत वितरणमा केही ढिलाई भएको वडाबासीहरुलाई जानकारी गराईएको छ ।

राहत वितरणको लागि नगरपालिकाले कार्यपालिका बैठक पछि दुवै वडामा सँगै वितरण गर्ने निर्णय भए पनि नगरपालिकाका कर्मचारी एवं नगर प्रमुखका स्वकीय सचिव खिम बहादुर अधिकारीले   “राहतको लागि नाम सहित आउन नगरपालिकाले बारम्बार फोन गरि बोलाउदा समेत फोन अफ गरेर घरमै बसेको, राहत वितरण प्रति वेवास्ता गरेको लगाएतका आरोप लगाउदै भ्रमित र कपोकल्पित समाचार तयार पारी वडाअध्यक्ष प्रती गम्भीर आरोप लगाई समाचार प्रकाशन गरिएकोमा उक्त समाचार सच्चाउन र अब उप्रान्त सम्बन्धित पक्षबाट बुझेर मात्र समाचार प्रकाशन गर्न भन्दै सम्पादक घनश्याम पौडेल र उक्त समाचार प्रति वडा कार्यालयले घोर भर्त्सना गरेको विज्ञप्तीमा उल्लेख छ ।

उक्त विज्ञप्तीमा वडा र सिंगो नगरकै बदनाम हुने गरी सामाजिक सञ्जालमा अफावा फैलाउने खिमबहादुर अधिकारीलाई कारर्वाहीको माग गरिएको छ । साथै वडाले सिफारिस गरेका घर परिवारलाई तत्काल राहत वितरणको व्यवस्था मिलाउन नगरपालिका कार्यलय समक्ष माग गरिएको उक्त विज्ञप्तीमा उल्लेख छ ।

वडा अध्यक्षद्वारा हस्ताक्षर गरि जारी गरिएको विज्ञप्तिमा उल्लेखित शब्द “शितगंगा नगरपालिका वडा नम्बर १ को मिति २०७७/१२/२४ गते बसेको सर्वदलीय बैठकको निर्णयबाट नेपाल सरकार मार्फत वितरण गरिने एकद्वार प्रणाली गर्नेक्रम १०७ घरपरिवारको नाम सिफारिस गरी नगरपालिकाको कार्यालयमा बुझाइएकोमा नेपाल सरकारको राहत वितरण नियमावली अनुसार सामाजिक सुरक्षाभत्ता वा नेपाल सरकारबाट अन्य सेवा सुविधा प्राप्त गरेका परिवारहरूको नाम समावेश नगरी सिफारिस गरेका नाममा संशोधन गर्न भने नगरपालिकाको कार्यालयले दिएको निर्देशनअनुसार मिति २०७६/१२/२४ गते सिफारिस गरी पठाएका नाम संशोधन गरी मिति २०७६/१२/२८ गते ८८ गते घरपरिवारको नाम सिफारिस गरी नगरपालिकाको कार्यालयमा बुझाइ तत्काल राहत उपलब्ध गराउन माग गर्दा विपत व्यवस्थापन समितिले वडा नम्बर ७ बाट नाम नाआई पुगेको हुँदा वाड नं १ र ७ मा एकै पटक राहत वितरण गराउने भनेकोमा राहत वितरणमा केही ढिलाई भएको वडाबासीहरुमा जानकारी गराउँछौं । यसै विषयलाई लिएर नगरपालिकाका कर्मचारी एवं नगरप्रमुखका स्वकीय सचिव, हिन्दु खबर अनलाईन पत्रिकाका संवाददाता खिम बहादुर अधिकारीले समाचार तयार गरी हिन्दु खबर अनलाईन पत्रिका पठाएकोमा सम्पादक घनश्याम पौडेलले सत्य तथ्य नबुझी अध्यक्ष प्रती गम्भीर आरोप लगाई समाचार पोष्ट गरिएकोमा शितगंगा नगरपालिका वडा नं. १ सो भ्रमपूर्ण समाचार प्रति घोर भर्त्सना प्रकट गर्दछ । साथै सिफारिस गरेका परिवारलाई तत्काल राहत वितरणको व्यवस्था मिलाउन र सामाजिक सञ्जालमा अफावा फैलाउने खिमबहादुर अधिकारीलाई कारर्वाही गर्न नगरपालिकाको कार्यालय समक्ष माग गर्दछौं ।” 

अन्य समाचारहरु