भगवतीको ढिकुरामा कांग्रेसको टोल कार्य समिति गठन

भगवतीको ढिकुरामा कांग्रेसको टोल कार्य समिति गठन


अर्घाखाँची डट्कम संवाददाता 

भगवती, अर्घाखाँची  ( अर्घाखाँची डट्कम) । अर्घाखाँची जिल्लाको छत्रदेव गाउँपालिका वार्ड नम्बर ७ भगवतीको ढिकुरामा नेपाली कांग्रेसको टोल कार्य समिति गठन गरिएको छ । 


भगवतीको ढिकुरामा मनिरत्न पाण्डेको नेतृत्वमा २७ सदस्यीय कांग्रेसको टोल कार्य समिति गठन गरिएको हो । 

छत्रदेव - ७ का पार्टी सभापति फर्सुराम न्यौपानेको सभापतित्व , नेपाली कांग्रेस अर्घाखाँचीका सहसचिव मेघराज पाण्डेको प्रमुख आतिथ्यता र वडा सहसचिव उमाकान्त पाण्डेको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो । 


कार्यक्रममा प्रदेश सभा क का उपसभापति धर्मराज पाण्डे, छत्रदेव गाउँ कार्य समितिका सदस्यहरु नारायण प्रसाद पाण्डे, राधा पाण्डे , बेलकुमारी थापा, वडा उपसभापति सुशिला पाण्डे , सहसचिव ओवराज पाण्डे, सदस्यहरु भविष्वर पाण्डे, जिवलाल पाण्डे र कौशिला पाण्डे लगायतको उपस्थिति रहेको थियो ।
 
साथै कार्यक्रममा ने क पा एमाले परित्याग गरि नेपाली कांग्रेस प्रवेश गर्ने विष्णुमाया पाण्डेलाई कार्यक्रमका सभापति फर्सुराम न्यौपाने र प्रमुख अतिथी जिल्ला सहसचिव मेघराज पाण्डे लगायतले टीका माला लगाई साधरण सदस्यता प्रदान गर्नुभएको थियो ।

अन्य समाचारहरु