खाडीको संदेश - भाग २

खाडीको संदेश - भाग २

लेखक: बिराज घिमिरे 
(भुमिकास्थान-९, ढिकुरा, अर्घाखाँची)

मैले भनेँ: निकै मार्मिक कुरा गर्नुभयो दाइ। पढेको भए आफ्नै देशमा केही गर्न सकिन्थ्यो होला, पढाइमा अल्छी गरेँ पछि यस्तो भयो। मेरो कुरा सुनेर विक्रम सरले भन्नुभयो: पढाइले मात्रै पनि केही हुने होइन भाइ, देशमा शिक्षित बेरोजगारी धेरै छन र पढेकै ब्यक्तिहरु पनि बाहिर आउन विवश छन। शिक्षा प्रणाली नै गलत छ। यसलाई सुधार गर्न हाम्रो पहुँचले भेट्दैन, सरकारी तहबाटै केही हुनुपर्छ। म तिमिलाई दुईवटा पुस्तक दिन्छु अल्छी नगरी त्यो अध्यन गर। मैल हुन्छ सर भन्दै टाउको हल्लाएँ। 

फेरि प्रश्न गर्नुभयो: तिमिले बच्चा देखि आजसम्म याद गर त, तिमिलाई सबैभन्दा रुचि लाग्ने कार्य के थियो। म एकैछिन गहन बिचार गरेँ र भनेँ: मलाई गीत गाउनमा निकै रुचि थियो। तर मेरो स्वर त्यति मिठो नभएर साथिहरु गिज्याउँथे। त्यसपछि मलाई एउटा गित गाउन पनि भन्नुभयो। म नेपाली भाकाको "देउरालीमा धजा, भन्न त भन्थ्यौ आमा घर छाडेर नजा" बोलको गित गाएर सुनाएँ। यस्तै गर्दै धेरै प्रश्न उत्तर हरु भए, उहाँले प्रश्न गर्नुहुन्थ्यो म जवाफ दिन्थेँ। 

त्यसपछि सागर सरले भन्नुभयो: भाइ प्रतीक, उनि मेरो साथी बिक्रम अन्तरास्ट्रिय स्तरको प्रेरणा प्रदान गर्ने ब्यक्ती हुन। यहाँ नेपाली श्रमिकहरुलाई प्रेरणा दिनको लागी मैले विशेष निम्तो गरेको थिएँ। यहाँ आएपछि उनले सम्पुर्ण श्रमिक हरुको जिवनशैली र बसोबास स्थान हेरेर मात्रै कार्यक्रम गर्ने कुरा उल्लेख गरे अनि आफै यो घाममा हिँडेर बासस्थान हेर्न जाँदै थिए तिमीसंग भेट भएछ। सागर सरको यो कुराले मलाई निकै खुसी बनायो। त्यतिन्जेल बिक्रम सरले मलाई २ वटा पुस्तक हातमा राख्दिसक्नु भएको थियो, उक्त पुस्तकहरु उहाँ आफैद्वारा लेखिएका रहेछन। 

पुस्तक दिएपछि भन्नुभयो: मेरो ४ दिनको कार्यक्रम छ यहाँ त्यतिन्जेल तिमी यहीँ बस। म बाहिर जानु छ, अझै धेरै नेपालीहरुको जीवनशैली हेर्नू छ, सागर यहिँ छन तिमिसंग। त्यसपछि बिक्रम सर बाहिर निस्कनु भयो। म र सागर सर अन्य धेरै कुराहरु गर्दै त्यहिँ बस्यौँ। उहाँले सोध्नुभयो: भाइ अब राम्रो जागीर पायौ भने के गर्छौ? यहिँ बस्ने या खर्च जुटाएर नेपाल फर्किने?

आँखामा एक किसिमको उज्यालो चमक सहित मेरो उत्तर थियो........ 
क्रमशः 

के उत्तर दियो होला त प्रतिकले? नेपाल फर्किने योजना बनाउला या अरु केही काम नै खोजी गर्ला त?
यसको उत्तर सम्पुर्ण पाठकले कल्पना गर्दै गर्नुहोला, आगामी तेस्रो तथा अन्तिम भाग आउँदो सोमबार साँझसम्म प्रकाशित गर्नेछु।

(कथा कल्पना गरिएको भएपनी यसभित्रको दु:ख र नेपालीले बिदेशमा भोग्ने पीडा भने धेरै सत्यता नै छ)