बाँगीको श्री नवज्योति आधारभुत विद्यालयका विद्यार्थीलाई समाजसेवी विकद्वारा झाेला वितरण (फोटो सहित)

बाँगीको श्री नवज्योति आधारभुत विद्यालयका विद्यार्थीलाई समाजसेवी विकद्वारा झाेला वितरण (फोटो सहित)


गणेश खनाल

बाँगी, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । समाजसेवी तथा सफल युवा व्यवसायी आतिसकिरण विकले विद्यार्थीहरूलाई स्कुल झाेला उपलव्ध गराउनुभएकाे छ ।
 

मालारानी गाउँपालिका वार्ड नम्बर ५ बाँगीमा रहेकाे श्री नवज्योति आधारभुत विद्यालयका २२ जना विद्यार्थीलाई स्कुल झाेला उपलव्ध गराउनुभएकाे हाे । अधिकाम्स दलित विद्यार्थीले अध्ययन गर्ने साे विद्यालयमा विद्यार्थीलाई पढाईमा सहजता हाेस भने युवा व्यवसायि विकले स्कुल झाेला वितरण गर्नुभएकाे हाे ।
 

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष चन्द्रबहादुर विक, प्रअ करिश्मा खनाल, पुर्व व्यवस्थापन समितका अध्यक्ष हुमबहादुर विक,पुर्व प्रअ शाेभाकर विकले आज एक समाराेहका विच विकले उपलव्ध गराएका साम्रगि विद्यार्थीलाई  हस्तान्तरण गर्नुभएकाे छ ।
 
युवा व्यवसायी विकले जिल्लाका अन्य धेरै ठाउँमा गरिव तथा विपन्नहरूलाई राहत तथा विभिन्न साम्रगि वितरण गर्दै आउनु भएकाे छ । प्रचार भन्दा सहयाेग गर्न रूचाउने विकले कडा  परिश्रमबाट कमाएकाे फाईदाबाट सहयाेग गर्दै आउनुभएकाे छ ।

अन्य समाचारहरु