अर्घाखाँचीमा कांग्रेस निकट तरुणदलद्धारा पत्रकार सम्मेलन सम्पन्न | १४ औ अधिवेशनमा सकेसम्म निर्विरोध गर्ने (फोटो सहित)

अर्घाखाँचीमा कांग्रेस निकट तरुणदलद्धारा पत्रकार सम्मेलन सम्पन्न | १४ औ अधिवेशनमा सकेसम्म निर्विरोध गर्ने (फोटो सहित)


२०७८ श्रावण ४, सोमवारमा प्रकासित

दिपेन्द्र पौडेल

सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको सदरमुकाम सन्धिखर्कमा नेपाली कांग्रेस निकट नेपाल तरुणदल जिल्ला कार्यसमितिले पत्रकार सम्मेलन सम्पन्न गरेको छ । 


सन्धिखर्कमा सोमबार नेपाली कांग्रेस निकट नेपाल तरुणदल जिल्ला कार्यसमितिले पत्रकार सम्मेलन सम्पन्न गरेको हो ।


जिल्ला अध्यक्ष नारायण खड्काले नेपाल तरुणदल जिल्ला कार्यसमितिको द्वीत्तिय उपाध्यक्षमा ठाकुर पन्थी, सदस्यहरुमा गणेश भुसाल , राजु आचार्य , शुभाष पाण्डे , मोहन टन्डन , खगेस्वर पौडेल , नेत्र श्रेष्ठ , गोबिन्द प्रसाद भुसाल , चिन्तामणी खनाललाई मनोनित गर्नुभएको छ ।


पत्रकार सम्मेलनमा सम्पुर्ण मनोनित उपाध्यक्ष सहित सदस्यहरुलाई बधाई तथा सफल कार्यकालको शुभकामना दिदै कार्यक्रमका प्रमुख अतिथी पिताम्बर खनालले तरुणदल अब एक ढिक्का भएर लाग्ने तथा १४ औ अधिवेशनमा सकेसम्म निर्विरोध गर्ने र निर्बाचन प्रकृयामा गए पनि  सक्षम नेत्रीत्व चयन गर्नको लागि तरुणदल एक ढिक्का भएर अघि बढ्ने बताउनु भएको थियो ।


कार्यक्रमको सन्चालक तथा तरुणदल जिल्ला सचिब अर्जुन पोखरेलले मनोनित सबैलाई बधाई दिदै अगुवा तरुण कार्यकर्ता भेला अत्यन्तै महत्वपुर्ण तरिकाले सम्पन्न भएको बताउनु भएको थियो । 

अन्य समाचारहरु