शितगंगा नगरपालिकाद्धारा कोरोनाबाट ज्यान गुमाएका सबै परिवारलाई ५० हजारका दरले राहात प्रदान

शितगंगा नगरपालिकाद्धारा कोरोनाबाट ज्यान गुमाएका सबै परिवारलाई ५० हजारका दरले राहात प्रदान


 अशोक पौडेल
 
ठाडा, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको शितगंगा नगरपालिकाले कोरोनाबाट ज्यान गुमाएका नगरभित्रका परिवारलाई राहात प्रदान गरेको छ । शितगंगा नगरपालिकाभित्र थायी बसोबास रहेका घरपरिवारका हकवाला सदस्यलाई नगरपालिकाले रु ५० हजार नगदका दरले राहात स्वरुप प्रदान गरेको हो ।


यसरी कोरोनाका कारण नगरभित्र २१ घरपरिवारले कोरोनाबाट ज्यान गुमाएका परिवारले सो राहात पाएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रेम केसीले बताए ।

राहात प्रदान कार्यक्रममा बोल्दै नगरपालिका प्रमुख सुर्य प्रसाद अधिकारीले नगरबासीको हरेक दुःखमा नगरपालिका रहने बताउँदै पिडित परिवारलाई सान्तवना र अभिभावकत्व ग्रहण गर्नका लागी ५० हजारका दरले सहयोग गरेको बताए ।


त्यस्तै नगरपालिकाका उप प्रमुख टिकाराम रेश्मीले कोरोनाका कारण ज्यान गुमाएका परिवारका हकमा नगरपालिकाले निरन्तर सहयोग गर्नुका साथै उहाहरुलाई रोजगारमा केन्द्रित गराउन नगरपालिकाले पहल गर्ने बताए ।

अन्य समाचारहरु